नुवाकोटमा वाािर्षक २० करोडको रासायनिक मल खपत

0
Shares

नुवाकोट । नुवाकोटमा वार्षिक २० करोड रुपैया हाारहारीको रसायनिक मल खपत हुने गरेको पाइएको छ ।

जिल्ला कृषि विकास कार्यलय नुवाकोटका प्रमुख डा. कमलराज गैरेका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नुवाकोटमा साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडले गरी कुल २० करोड ५१ लख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको मल आयात गरेको बताउनुभयो ।

नुवाकोटमा रासायनिक मलको वितरणको जिम्मा साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडले मात्र गर्ने गरेका छन । साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीलाई वितरणको लागि जिम्मा दिने र किसानले गाउँगाउँमा मल पाउने गरेको कृषि विकास कार्यलय नुवाकोटले जनाएको छ ।

नुवाकोट र रसुवा दुबै जिल्लाको लागि मल वितरण गर्दै जिल्ला कृषि विकास कार्यलयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ साल्ट ट्रेडिङले मात्रै रासायनिक मल बेचेर १४ करोड ४४ लाख २० हजार ३ सय ८० रुपैयाँ संकलन गरेको छ ।

जमध्ये युरिया मल वापत २ करोड ४० लाख ६९ हजार ८ रुपैयाँ संकलन गरेको छ भने डिएबि मल वापत ३ करोड ५६ लाख ३ हजार ४ सय ६८ रुपैयाँ उठाएको छ । त्यस्तै पोटासबाट १० लाख ७५ हजार ९ सय ९२ रुपैयाँ बराबरको मल बेचेको कार्यलयले जनाएको छ । साल्ट ट्रेडिङले रसुवामा आ.व २०७४÷७५ मा २ करोड ५१ लख २ हजार २ सय ३९ रुपैयाँ बराबरको मल खपत भएको डा. गैरेले बताउनुभयो ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा कृषि सामाग्री कम्पनि लिमिटेडले युरिया मलबाट ५ करोड ६६ लाख ४९ हजार ५सय रुपैयाँ, डिएबि मलबाट ८ करोड ५७ लाद ५९ हजार ६ सय ८० रुपैयाँ र पोटासबाट २० लाख ११ हजार २ सय रुपैयाँ गरी कुल १४ करोड ४४ लाख २० हजार ३ सय ८० रुपैयाँ संकलन गरेको कार्यलयका वरिष्ठ कृषि अधिकृत डा. गैरेले बताए ।

कृषि सामाग्री कम्पनिले आ.व २०७३÷७४ मा भने १६ करोड ५९ लाख ५१ ह्जार ३ सय ७७ रुपैयाँ बराबरको मल विक्री गरेको थियो जुन आ.व २०७४÷७५ भन्दा करिव २ करोड १५ लाख ३० हजार ९ सय ९७ रुपैयाँले कमी भएको छ ।

सरकारले कृष्किहरुलाई अनुदानवापत मल दिएको हुनाले नुवाकोट र रसुवामा साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनि लिमिटेडले युरिया मलको प्रतिबोरा ८ सय २७ रुपैयाँ, डिएबिको प्रतिबोरा २२ सय ७६ रुपैयाँ र पोटासको प्रतिबोरा १६ सय ७६ रुपैयाँ तोकिदिएको कार्यलयले जनाएको छ । कार्यलयले रासायनिक मलको विक्रिी वितरण जहापायो र अनुमति वेगर दिएको छैन । मल वित्रली गर्न निश्चित विधि र प्रक्रिया पुरा गर्नुपर्ने कार्यलयले जनाएको छ । यी दुई कम्पनिले ढुवानी भाडा र लोड अनलोडवाहेक अन्य शुल्क लिन नपाउने कार्यलयले जनाएको छ ।

कृषि सामाग्री कम्पनि लिमिटेड
मलको नाम आ.व २०७३÷७४ रु आ.व २०७४÷७५ रु
युरिया ७,२३,५५,०५७ ५,६६,४९,५००
डिएबि ९,०७,५५,५०० ८,५७,५९,६८०
पोटास २८,४०,८२० २०,११,२००
जम्मा (रु) मा १६,५९,५१,३७७ १४,४४,२०,३८०

साल्ट टेड्रिङ
युरिया २,४०,६९,००८
डिएबि ३,५६,०३,४६८
पोटास १०,७५,९९२
जम्मा (रु) मा ६,०७,४८,४६८
दुबैको जम्मा वार्षिक रु)मा २०,५१,६८,८४८
स्रोत ः जिल्ला कृषि विकास कार्यलय नुवाकोट