साढे दुई लाखसहित युवती बेपत्ता, परिवारमा रुवावासी

0
Shares

यमलाल भुसाल, बुटवल ।
विगत ९ दिन देखि एक युवती नगद २ लाख रुपैयाँ र पौने एक तोला सुन सहित बेपत्ता भएकी छन । युवती वेपत्ता भएसंगै परिवारमा रुवावासी चलेको छ ।

गुल्मी जिल्ला साविक पुर्कोट दह हाल मदाने गाउँपालिका वडा नम्बर ६ नुहारा घर भै सुपादेउराली एग्रो फरेस्टी नामक संस्था कपिलवस्तुको गोरुसिङेमा बजार प्रतिनिधीका रुपमा कार्यरत १७ वर्षिय चिना कुंवर यही भाद्र २० गते देखि हराएको परिवारका सदस्यले जनाएका छन ।
अनमी पढन पैसा चाहिएको भन्दै कतारमा रोजगारी गर्ने बुवाले १ लाख ५० हजार पठाईदिएका र मामासंगवाट थप ५० हजार गरी २ लाख रुपैया र पौने एक तोलाको सुनको सिक्री सहित कुंवर बुटवलवाट वेपत्ता भएको काका विमल कुंवरले बताउनु भयो ।

 

युवति वेपत्ता भएपछि खोजविनका लागि ईलाका प्रहरी कार्यालय गोरुसिङेमा जाहेरी दिए पनि हालसम्म कुनै जानकारी नपाउदां चिन्तीत हुनु परेको काका विमलले बताउनु भयो ।

छोरीको लास वा सास त थाहा पाउनु पत्यो भन्दै विमलले खोज विनका लागि सहयोग गरिदिन बुटवलमा संचारकर्मीहरु माझ अनुरोध गर्नु भएको हो । चिनाले गुल्मीको मदाने गाउपालिका ६ मा संचालित पृथ्वी उच्च माविवाट ११ कक्षाको परिक्षा दिए पछि विगत ६ महिनादेखि रोजगारी गर्न थालेको काका ले बताउनु भएको छ ।

घरमा आमा एक दाजु र एक विवाहित दिदी रहेकी चिना किन वेपत्ता भईन वा कसैले अपहर गरयौकी के भयो जानकारी र सम्र्पकमा नआउदा परिवारमा चिन्ता छाएको बताईएको छ । घटनाका सम्बन्धमा जाहेरी परेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका निर्मित्त कार्यालय प्रमुख वनारसी गुप्ताले युवतीको खोजी कार्य भैरहेको बताउनु भयो ।
फोटो वेपत्ता चिना कुंवर