निर्मला हत्या प्रकरणः नयाँ अनुसन्धान टोली बनेपामा पुग्यो

0
Shares

काठमाडौँ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको  हत्याको छाविनका लागि प्रहरी उपरीक्षक उत्तम सुबेदीको नेतृत्वमा नयाँ अनुसन्धान टोली बनेपामा पुगेको छ ।

कञ्चनपुर घटनाको सत्य तथ्य बाहिर ल्याउन कुनै कसुर नछाड्ने प्रहरी उपरीक्षक सुबेदीले नेपाल समाचारपत्रलाई बताउनुभयो । निर्मलाको न्यायको लागि र हत्यारालाई कारवाही गराउन कुनै हिसाबले पछाडि नपर्ने उहाँको भनाई छ ।