नाडामा महिन्द्राका विद्युतीय सवारी साधन

0
Shares

काठमाडौं, (नेस)
मंगलबारबाट राजधानीमा शुरु भएको १३ औं नाडा अटो शोमा महिन्द्रा एन्ड महिन्द्राले गतिशिलताको भविष्य अर्थात् ‘फ्युचर अफ् मोबिलिटी’ मुख्य धेयका साथ ‘ईभेरिटो’अन्तर्गत महिन्द्रा पिकअप र प्लस न्यु एक्सयुभी ५०० विद्युतीय सवारी साधन सार्वजनीक गरेको छ ।

नेपालमा प्लस न्यु एक्सयुभी ५०० ल्याएको छ नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त प्लस न्यु एक्सयुभी ५०० ले उत्कृष्ट स्पोर्ट युटिलिटी भेइकल समँहमा एउटा नयाँ मापदण्ड कायम गरेको छ । एमएचएडब्लँके १५५ इन्जिन जडित नयाँ एक्सयुभी ५०० ले १५५ हर्स पावर र ३६० एनएम ट्रोक्युको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित छ ।

ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस्सहितको विद्युतीय सनरुफ, जीपीएस नोटिफिकेस युक्त ७ इन्च टचस्क्रिन इन्फोटेन्मेन्टसहितले प्लस न्यु एक्सयुभी ५०० लाई अझ बढी गुणस्तरीय बनाएको छ । छ वटा एयरब्याग, उकालोमा पनि सन्तुलन कायम राख्न सक्ने र ओरालो लाग्दा पनि नियन्त्रणमा रहने पहिलो वाहन हो ।

प्लस न्यु एक्सयुभी ५०० आउनुअघि सन २०११ मा एक्सयुभी ५०० बजारमा आएको हो । त्यसपछि यो गुणस्तरीय एसयुभी समँहको उत्कृष्ट वाहनको रूपमा रहि आएको छ ।