३५ करोड अमेरिकी डलर लागतमा मुक्तिनाथ दर्शन केबलकार बन्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबीच बिरेठाँटी देखी मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केबलकार लाईन विकास तथा सञ्चालनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार भएको उक्त समझदारीपत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष्ँ अरुण कुमार सुवेदीले हस्ताक्षर गर्नुभयो ।

उक्त कम्पनीले विकास गर्ने मुक्तिनाथ केबलकार प्रणालीमा करिब ८३ दशमलव ६५ किलोमिटर लामो केबलकार लाईन निर्माण हुनेछ । उक्त लाईनमा ६ वटा स्टेशनहरु रहनेछन् । ती स्टेशनलाई बिरेठाँटीदेखी घोरेपानी, घोरेपानी देखी तातोपानी, तातोपानीदेखी लेते मार्फा ट्रान्जिट देखी जोमसोम, जोमसोमदेखी कागबेनी र कागबेनीदेखी मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ । उक्त आयोजनाको लागत ३५ करोड अमेरिकी डलर अनुमान गरिएको छ ।

गत बैशाख १५ गते बसेको लगानी बोर्डको ३० औं बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको थियो भने यसको लागि उक्त कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउन लगानी बोर्डको कार्यालयलाई निर्देशन पनि दिएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार गरी लगानी बोर्डमा पेश गर्नुपर्नेछ ।