डाट्सन गाडीमा ‘फेस्टिव हटडिल’

0
Shares

काठमाडौं (नेस)
नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडको अवसरमा ‘फेस्टिव हटडिल’ योजना प्रस्तुत गरेको छ । यो योजना नाडा अटो शोदेखि नै लागँ हुने छ ।

यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्नुहुने छ । १ लाख ६ हजार रुपियाँसम्मको निःशुल्क एक्सोसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कँल ३ लाख ६६ हजार ८ सय सम्मको लाभ लिन सक्नुहुने छ । यो लाभको साथ साथै नाडा अटो शोको अवसरमा बुकिङ गर्नुहुने ग्राहकले २७ हजार रुपियाँ बराबरको स्मार्ट फोन पनि प्राप्त गर्नु सकिने कम्पनीले जनाएको छ ।

गाडी खरिदमा ग्राहकले निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै एक वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको लागि सडक करको सुविधा प्राप्त गर्नेछन् ।
त्यस्तै गाडी खरिदमा न्यँनतम ८ हजार ४०१ रुपियाँ मासिक किस्ताबन्दी योजना उपलब्ध रहेको छ ।

यस योजनाअन्तर्गत डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडी गोमा अधिकतम् २ लाख ७८ हजार २ सय, डाट्सन गोमा अधिकतम् ३ लाख ३५ हजार र डाट्सन गो प्लसमा अधिकतम् ३ लाख ६६ हजार ८ सय रुपियाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएकोछ ।