नाडा शोमा नयाँ मोडलका मोटरसाइकल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’मा हिरो मोटोकर्पका दुईवटा मोडलका मोटरसाइकल ‘हिरो एक्स्ट्रिम २०० आर’ र ‘होन्डा एक्स ब्लेड’ तथा बजाजको ‘बजाज पल्सर १५० ट्वीन डिस्का’ सार्वजनिक हुँदैछन् । सार्वजनिक हुन लागेका नयाँ मोडलका दुईपांग्रे सवारी साधनलाई शो अवलोकनकर्ताले अत्याधिक रुचाउने विश्वास लिइएको छ ।

हिरो एक्स्ट्रिम २०० आर

नाडा अटो शोमा हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरो एक्स्ट्रिम २०० आर’ सार्वजनिक गर्दैछ । उक्त मोडलमा एक सिलिन्डरसहित १ सय ९९ दशमलब ६ सीसी इन्जिन छ।

मोटरसाइकलले १८ दशमलब १ बीएचपीमा ८ हजार आरपीएम र १७ दशमलव १ एनएममा ६ हजार ५ टर्क उत्पादन गर्छ। यसले ३९ दशमलव ९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । हिरोको स्पोर्ट सेग्मेन्ट मोटरसाइकलको मँल्य २ लाख ८७ हजार रुपियाँ रहेको छ ।

होन्डा एक्स ब्लेड
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नाडा शोमार्फत नयाँ मोडल ‘होन्डा एक्स ब्लेड’ नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्दैछ। भदौ १८ गते नेपाली बजारमा सार्वजनिक गरिएको उक्त मोटरसाइकल शोको प्रमुख आकर्षक हुने कम्पनीको दाबी छ। १ सय ६० सीसीअन्तर्गतको मोटरसाइलमा रोबो–फेस एलईडी हेड ल्याम्प प्रयोग गर्ने होन्डा एक्स ब्लेड पहिलो मोटरसाइल हो ।


नेपालको सडकका लागि उपयुक्त यस बाइकलाई होन्डाले स्पोर्टी र मस्कुलर लुक दिएको कम्पनीले जनाएको छ। विभिन्न पाँच रङमा उपलब्ध उक्त मोटरसाइकलमा स्ट्रिट टेक डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेटलगायत सुविधा छन् । उक्त मोटरसाइकलको मँल्य २ लाख ८५ हजार ९ सय रुपियाँ रहेको छ ।

पल्सर १५० टीडी
अन्तर्राष्ट्रिय ब्रान्ड बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता एचएच बजाजले ‘अल न्यँ बजाज पल्सर १५० ट्विन डिस्क’लाई नाडा अटो शोेको प्रमुख आकर्षण बनाएको छ । दुईवटा डिस्क ब्रेक, सार्प डिजाइन र विभिन्न तीन रंग भेरियन्टमा बजारमा उपलब्ध रहेको १५० टीडी कम्पनीले केही समयअघि मात्र नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीका अनुसार बजाजको पल्सर १ सय ५० ट्विन डिस्कलाई कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम गरी ३ कलर भेरियन्टमा ल्याइएको छ। यस मोटरसाइकलमा १७ इञ्च एलोई ≈वीलमा मेट ब्ल्याक दिइएको छ। नयाँ बजाज पल्सर १ सय ५० टीडीमा ड्युल डिस्क ब्रेक दिइएको बाइकमा मोटो ≈वील, मोटो टायर, चेसिस र सकर पनि पहिलाको तुलनामा ठँलो बनाइएको छ। बाइकमा स्प्लिट सिट राखिएको छ भने स्प्लिट ग्रेब रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ। स्विङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ≈वील बेससमेत बढाइएको कम्पनीले जनाएको छ।


पल्सर १ सय ५० ट्विन डिस्कमा १ सय ४९ दशमलब ५ सीसी सिंगल सिलिन्डर डीटीएसआई इन्जिन दिइएको छ। यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ। यसमा लगाइएको ट्विन स्पार्क मोटरले आठ हजार आरपीएममा १४ बीएचपी पावर र ६ हजार आरपीएममा १३ दशमलब ४ एनएम टर्क उत्पादन गर्छ। यसमा १५ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ। पाँच गियरमा उपलब्ध यो बाइकको मँल्य २ लाख ५५ हजार ९ सय रुपियाँ तोकिएको छ।