एनएमबि तलब खातामा उत्साहजनक सहभागिता

0
Shares

काठमाडौं, (नेस)
तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खातामा उत्साहजनक सहभागिता भएको बैंकको दाबी छ । ७ प्रतिशत ब्याज दर प्रदान गर्ने यस खातामा बैंकले विभिन्न सुविधा निःशुल्क उपलब्ध गराएको छ, जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो ।

जसबाट खातावालाले जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।
सरकारको हरेक कर्मचारीको एक तलब खाता हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसंँगै एनएमबि बैंकले पहिलोपटक उक्त सुविधा ल्याएको क हो ।

‘एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिव्रिmयाले हामी निकै उत्साहित छौं र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवा बजारमा ल्याउन थप प्रोत्साहित भएका छौंँ’ एनएमबिले जनाएको छ ।