वृद्धाभत्ता बढाउन पूरक बजेट: प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृद्धा भक्ता नबढाएकोमा बृद्धाबृद्धाहरुको सारै गुनासो आएकाले पूरक बजेट ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भएको बताउनुभएको छ । उहाँले बृद्धाबृद्धाको धेरै विरोध भएकाले गुनासो सम्बोधनका लागि पूरक बजेटकोबारेमा छलफल भएको बताउनुभएको हो ।

पूर्वएमाले र माओवादी केन्द्रको बाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्रमा बुद्धाबृद्धाको भत्ता ५ हजार पु¥याउने उल्लेख गरिएको थियो । तर दुई तिहाई बहुमत सहितको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा बृद्धा भत्ता बृद्धि गर्ने विषय समावेश हुन सकेको थिएन । निर्वाचनमा भोटका लागि बृद्धाबृद्धालाई आश्वास दिएर पूरा गर्न नसक्दा चौतर्फी विरोध भएको बताउँदै नेकपाभित्र पनि सरकारप्रति असन्तुष्टि बढेको छ ।

चारदिने भारत भ्रमणबाट आइतवार स्वदेश फर्किनुभएका अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग पूरक वजेटबारेको छलफल पुरानै भएको भन्दै जनगुनासो सम्बोधन गर्ने विकल्पका रूपमा ल्याउने गरी छलफल भएको बताउनुभयो ।

पूरक वजेट जरुरी ठानिए सरकारले ल्याउन सक्ने बताउदै प्रचण्डले पूरक बजेट ल्याउन सरकारसँग संबैधानिक, राजनीतिक कानुनी सबै अधिकार रहेको बताउनुभयो । सरकारले यसपटकको वजेटमा बृद्धभत्ता नबढाएपछि प्रतिपक्ष र जनस्तरबाट व्यापक बिरोध र गुनासो आएको छ ।

प्रचण्डले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सवा घण्टा लामो गहिरो र गम्भीर रुपमा भएको छलफल नेपालको विकासका लागि महत्वपूर्ण हुने बताउँदै नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक रुपमा कुराकानी भएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको संसद्मा बोलेका कुरादेखि भूकम्प पछिको पुनर्निर्माणमा गरिएका प्रतिबद्धता कार्यान्वयनका कुरादेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल उल्लेख गर्दै प्रचण्डले भ्रमणले नेपालको विकास र सम्बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भारत भ्रमणका क्रममा आफूले नेपाल भारत सम्बन्धदेखि लिएर विकास, व्यापार प्रवद्र्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको प्रचण्डले बताउनुभयो ।

भ्रमणका क्रममा प्रचण्डले भारतीय उच्च नेतासहित व्यवसायीसँग भेट र छलफल गनर््ु भएको थियो । भ्रमणको क्रममा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस आईका नेता एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।