नेपाल समाचारपत्र, बाँके
कोहलपुरमा ७८ वर्षका हजुरबाले १३ वर्षको नातिनीलाई तीन वर्षदेखि लगातार बलात्कार गरे । बैशाखमा बालिका बिरामी भएपछि उपचारका क्रममा पोल खुल्यो । अहिले हजुरबालाई प्रहरीले समातेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
तीन दिनअघि नेपालगञ्जमा साइबाबा भन्ने ४६ वर्षका ज्योतिष एवं झारफुक गर्ने व्यक्तिले १६ वर्षकी किशोरीलाई बैशाखदेखि बलात्कार गर्दै आएको घटना बाहिर आयो । बिरामी भइरहने बालिकालाई घरपरिवारले नै झारफुक गर्न ल्याउने गर्दथे । ६ महिनासम्म औषधी खाना पर्ने भन्दै पटक पटक बोलाएर उनले बलात्कार गरिरहेका थिए ।
भदौ १२ गते कोहलपुरमा चिनेका व्यक्तिले ६ वर्षीय बालिकालाई घरमा पु¥याइदिने भन्दै घरमा लगेर बलात्कार गरेको घटना बाहिर आयो । १९ वर्षका ती किशोरविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
साख्खै हजुरबा, विश्वास गरेका झाँक्री र चिनेका व्यक्तिको पछिल्लो अपराधले समाजलाई कता लगिरहेको छ ? भन्ने चिन्ता बढाएको छ ।
विशेष गरेर कोहलपुरको घटनाका अभियुक्तलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने अभियान चलाइरहेकी नेतृ बसन्ती अधिकारीले नानीहरु कही पनि सुरक्षित नरहेको बताइन् । ‘बुवा, नानीलाई हेरिदिनु है । म स्कूल गए भन्दै निस्केकी आमाले बेलुका फर्केर आउदा छोरी बलात्कृत भएको घटना सुन्नुपर्छ । त्यो पनि हजुरबाबाटै, नेपाल पत्रकार महासंघ, बाँकेले आयोजना गरेको किन बढ्दैछ महिलामाथि यौन दुव्र्यवहारका घटना विषयश छलफलमा अधिकारीले प्रश्न गरिन्, कहाँ छन् त नानीहरु सुरक्षित ?’ उनले १५ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई फाँसी दिनुपर्नेमा जोड दिइन् ।
अधिकारीले जेष्ठ नागरिकका नाममा अपराधीलाई सजाय घटाउने काम हुन नहुने बताइन् । ‘एक÷दुई जनालाई चौरमा फाँसी दिने हो भने बलात्कारका घटना स्वतः घट्छ, अधिकारीले जोड दिएर भनिन् ।
अधिवक्ता सुनिता शर्माले पछिल्लो समयमा घरभित्रै नानीहरु असुरक्षित रहेकाले विशेष गरेर आमा सचेत हुनुपर्ने बताइन् । उनले राजनीतिक संरक्षण, दण्डहीनता र कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा घटना बढेको टिप्पणी गरिन् ।
अर्का अधिवक्ता बसन्त गौतमले असमान न्याय पहुँच, लैंगिकमैत्री न्याय प्रणाली नहुनु बलात्कार घटनाका कारणहरु हुन् भने । उनले अपराधीलाई कारबाही हुन्छ भन्ने विश्वास पैदा हुन नसकेको बताए ।
महिला अधिकारकर्मीहरु मुना श्रेष्ठ, किरण आचार्य, नारायणी वली, चन्द्रकला उप्रेती, तारा रोकाय, रिचा लुइटेलले सामाजिक बनावट, पितृसत्तात्मक सोच, दण्डहीनता, राजनीतिक संरक्षणजस्ता कारणले हिंसा बढिरहेको बताए ।
बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले अपराधीलाई कारबाही गर्न प्रहरी पछि नपर्ने विश्वास दिलाए । उनले पछिल्लो समयमा जिल्लामा घटित अपराधजन्य घटनाहरुको सुक्ष्म अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए ।
प्रहरीले अभियुक्तलाई बिना दबाब सजाय दिदैन भन्ने सोचाईको विकास भइरहेकाले यतिबेला अपराधीलाई कारबाहीका लागि भन्दै पीडित तथा आफन्तीहरु समूह बनाएर प्रहरी कार्यालय पुग्ने गरेका छन् । कोहलपुर र नेपालगञ्जको घटनामा पनि त्यस्तो देखिएको छ । यस्तो देखे÷भोगेका प्रहरी अधिकारीहरुले कार्यक्रमहरुमा जादा अपराधीलाई छोड्दैनौ भन्न परिरहेको छ ।
कञ्चनपुरको घटनाले अझ प्रहरीमाथि जनताको आशंका बढाएको छ ।
महिला विकास अधिकृत शोभा शाहले महिला माथिका हिंसा रोक्नका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताइन् । महिला अधिकारकर्मीहरुले बलात्कार रोक्न छोराछोरीलाई नैतिक शिक्षा दिलाउनु पर्ने बताए ।
‘छोरीलाई मात्रै होइन, छोरालाई पनि असल बनाउनु पर्छ, उनीहरु भन्छन्, अपराध भइहालेमा इज्जत र आफन्त भनेर अपराधीलाई छोड्नु हुँदैन ।











प्रतिक्रिया