विजय नेपाली, पोखरा
पोखरा लेखनाथ हुदै वग्ने सेति नदिवाट अवैध रुपमा कानुन विपरित खोलामा नै ट्याक्टर हाली वालुवा निकालिने गरिएको छ । महानगरले खोलाको विभिन्न क्षेत्रमा गरि खोला किनार देखि करिव चार सय मिटरको क्षेत्रलाइ निषेद्यित क्षेत्र तोके तोेके पनि विभिन्न निमार्ण कम्पनीले नियम विपरि अवैद्य रुपमा ट्याक्टर नै खोलाको विच भागमा लगेर वालुवा धमाधम निकाल्ने गरेका छन ।
पोखरा महानगरपालिका–२९ लेखनाथ स्थित मुसेटुडो घाटबाट वडाकै मातहातमा रहेर नियम विपरित बालुवा निकालिने गरिएको छ । महानगरलले घाट सम्वन्धि विवरणमा खोला किनार देखि चार सय मिटरको दुरीलाइ निषेधित क्षेत्र तोकेपनि नियम विपिरित नै बालुवा निकाल्दा समेत महानगर मौन बसेको देखिन्छ ।
वडा कार्यालयलाई थाहा हुदा हुँदै समेत ध्यानाकर्षण मात्र गराउदै आएको पाइएको छ । यसरी नियम विपरित जोखिम मोलेर बालुवा निकाल्दा न त वडाले नै कार्वा्हि गरेको छ न त महानगरले नै कारबाही गरेको छैन ।
बरु प्रत्येक ट्याक्टरबाट कर उठाएर वडाले जनता बैंकमा जम्मा गरि नगरपालिकालाइ बुझाउने गरेको छ । उक्त घाटबाट दैनिक करिव एक सय ट्याक्टरले खोला बाट बालुवा निकाल्ने गरेको देखिन्छ । टेन्डर प्रक्रियामा गएर मात्र ठेक्का दिने र हाल वडाको मातहातमा बालुवा निकाल्ने गरेको महानगरका एक इन्जिनियरले बताए ।
यस विषयम वाल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले यस विषयमा बारम्वार खवरदारी गरेको बताउदै केही व्यक्तिहरु निरन्तर बालुवा निकाल्ने गरेको वताए । “हामि समय समयमा त्यहा जाने गर्छौ प्रहरिको सहयोगमा हामिले त्यहा खवरदारी गर्ने गरेका छौ, वर्खाको समय छ वालुवा निकालेर किनारामा राखे राती पानी बढेर वगाएर लैजाने गर्दो रहेछ, खोलाबाट बालुवा निकालेर किनारामा गाडि भर्दा समय धेरै लाग्दो रहेछ त्यसैले पनि उनिहरुले खोलामा नै ट्याकटर हाल्दा रहेछन“अध्यक्ष गुरुङ्गले भने ।
राम्रो बालुव पानी भित्र भएको कारणले पनि खोला भित्रबाट बालुवा निकाल्ने क्रम बढेको उनको टिप्पणी थियो । “उक्त क्षेत्रमा आर्थिक कारोबारमा जनप्रतिनिधी समेत रहेको जानकारी उनले दिए । पानी चुहाएर बालुवा लानु कानुन विपरित भएको भन्दै डाडाको नाक प्रहरी चौकिले १६ वटा ट्याक्टरलाई कार्वाही समेत गरेको थियो । निषेधित क्षेत्र तोक्ने सन्दर्भमा टेन्डर प्रक्रियामा गएर मात्र गर्न सकिने बताए । “खोलाले बगाएर ल्याएको माल प्रयोग गर्न पाउनुपर्छ, हामिले प्रत्येक ट्याक्टर ६ सय दस रुपैयाँ कर लिने गरेका छौ त्यो रकम हामिले नगरपालिकालाइ बुझाउने गरेका छौ“ –उनले भने ।
वडाले कर लिने गरेपनी नियम विपरित बालुवा निकाल्न भने रोक लगाएको छैन ।लेखनाथमा संचालित विभिन्न निर्माण सेवा कम्पनिले जोखिम मोलेर नियम विपरित अवैध बालुवा निकाल्ने क्रम भने रोकिएको छैन । यसलाइ तत्काल नरोके प्राकृतिक प्रकोप समेत निम्त्याउने खतरा देखिन्छ । महानगरले टेन्डरमा प्रक्रियामा दिने समय पर्खिरहेको बेला भारी मात्रामा अवैध बालुवा निकाली बिक्रि गर्ने क्रम बढ्दो छ ।











प्रतिक्रिया