मनोक्रान्तिमै मनोरञ्जन



-कमल ढकाल
एक कथा छ। बुद्ध एक चौतारोमा बसिरहेका हुन्छन्। २ बच्चा खेलिरहेका हुन्छन्। उनीहरूले घर बनाउँछन्। तेरोभन्दा मेरो ठूलो र मेरो राम्रोमा उनीहरूको झै–झगडा पर्छ। यत्तिकैमा रात पर्छ। उनीहरूलाई घरनजिकै रहेकी आमाले भात खान बोलाउँछिन्। बनाएको घर त्यही छाडेर उनीहरू घर जान्छन्।

बुद्धले चेलालाई देखाएर भन्छन्– ‘जीवन पनि यस्तै हो। त्यही बच्चाले साँझमा दिनभरिको तेरो र मेरो छाडेर घर गएजस्तै हामी आफू पनि हाम्रो घर जानुपर्छ, तर मान्छेले यो सोच्दैनन्।’
‘यो घर भनेको के हो र कस्तो हुन्छ ?’ –यही प्रश्न मैले डक्टर योगी विकासानन्द गुरुलाई सोधें। उनले भने– ‘आफैंमा फर्कनु घर हो, एक बोतल रक्सीले संसार बिर्साइदिन्छ, संसार बिर्सेर जब मान्छे आफूमा फर्कन्छ त्यही घर हो।’

फेरि कन्फ्युज्ड भएपछि गुरुलाई सोधें । अझै बुझिएन। उनले प्रष्ट्याए– ‘बुद्धले भनेको घर मर्दा पनि नमर्ने आत्म तŒव हो त्यहाँ कसैका आमाबाबु, छोरो, लोग्ने कोही हुँदैन, मलाई बिर्सेर भेटिने मुक्ति मात्र हुन्छ।’
मुक्तिको झल्को आफैंमा बिर्संदा हुन्छ। साधनामा हुन्छ नसामा हुन्छ र सपना नदेखी निराउँदा हुन्छ। महाआनन्द नै मुक्ति हो।

यस्तो बाटो समाउनेभन्दा पनि केटाकेटीकोजस्तो घर बनाउने नै हामीहरू बढी छांै। दर्दनाक जन्म भए पनि आफ्नो बुद्धि विवेक बढाएर राम्रो बनेका विकासानन्दलाई भेट्दा जहिले आनन्द आउँछ। जीवनमा समस्या नै छैन जस्तो लाग्छ। त्यहाँबाट निस्केर एक फोन बजेपछि फेरि समस्या त जस्तो लाग्छ। जहिले भेटिन्छ जतिबेला भेटिन्छ आनन्द आउने उनको जीवनको उत्पत्ति नै अनौठौ तरिकाले भएको थियो । २०१८ सालमा क्षेत्रपाटि गणेश मन्दिरमा साल नालसहित फेला परेका थिए विकासानन्द। धर्मपिता कृष्णमान श्रेष्ठ र आमा पूर्ण देवीको पालन पोषणमा हुर्केका उनले पारिवारिक दबाब बहुत झेल्नुप¥यो। बाबुले रक्सी खाएर आउँदा तथानाम गाली गर्थे। समाजले पनि रिसाएको नेवारको घरमा पालिएका उनलाई बाहुनको बच्चो भन्दा विकासानन्दलाई सानैदेखि घोचिरहने रहेछ। त्यसैले उनको आदर्श खराब भयो। चोर्ने, छल्ने र डाँकु बन्नेजस्ता कूलतमा सानैमा फसेका थिए विकासानन्द।

मान्छे आनन्द र पैसाका लागि जीवनभर भौतारिन्छ। बालमन्दिरको पेन्टिङ सिक्दै गरेका विकासानन्द पेन्टिङबाटै खुसी प्राप्त गर्दै थिए। सन् १९७९ मा पेन्टिङमा भाग लिन रुसमा के पुगेका थिए विकासानन्दलाई जीवनमै पहिलो पटक असन्तोष भयो। लेनिनको लासमाथिको लाम देखेर विकासानन्दलाई मुर्दा लेनिन हो कि आफू भन्ने भयो। उचाइ छोएर बाँच्नु पो बाँच्नु। यसरी नि के बाँच्नुजस्तो लागेपछि विकासानन्द अध्यात्मको खोजीमा बनारस गए। १६,१७ को उमेरमा संस्कृत युनिभर्सिटीमा भर्ना भए। संस्कृत र दर्शन पढे।

धेरै कुरा छन् विकासानन्दसँग राष्ट्रले लिन सक्ने। व्यक्तिले लिन सक्ने। समस्यालाई जिरोले गुन्ने र सफलतालाई सयले गुन्ने उनी अनौठा गुरु हुन्। रानीबारीमा जानोस् सफलता दर्शन, माइन्ड टेक्नोलोजीको तालिम लिन सयांै मान्छे आइरहेका हुन्छन्। विकासानन्द २८ वर्षे तन्नेरीजस्तै बिहानदेखि बेलुकासम्म आफैंले निकालेको दर्शन मनोक्रान्तिमै मनोरञ्जन गरिरहेका छन्।

जिज्ञासु विकासानन्दलाई प्रज्ञापारमिता जानेपछि मान्छे मुक्त हुन्छ। केही जान्न पर्दैन भनेर गुरुले भनेको सुनेपछि गुरुलाई तत्कालै प्रश्न गरेछन्– ‘गुरु प्रज्ञापरमिता जान्ने तपार्इं किन मुक्त नभएको ? नजानेको भए किन पढाएको ?’ त्यतिबेलादेखि विकासनन्दलाई देख्यो कि गुरु छड्कन थाले। उत्तर कहिल्यै आएन। पढाइबाट पनि केही नहुने ठानेर उनले पढाइ छाडे । घरबाट ३ सय रुपियाँ लिएर हिँडेका उनी ६ वर्ष भारत बसे। हिन्दु दर्शन र बौद्ध दर्शन खारे। गुरु पनि राखे। पछि आफैंले भारतबाट प्रवचन शुरू गरे। नेपालमा आएपछि आनन्द योग केन्द्र शुरू गरे २०४७ सालमा। त्यहाँ योग र ध्यान सिकाउँथे। जुन प्रवचनवालाले पनि आफ्नो काम राम्रो अरूको नराम्रो भनेपछि उनी संसारको सबै राम्रो कुरा अट्ने खोजीमा लागे।

मनको क्रान्ति नभई सबै राम्रो कुरा नअट्ने महसुस गरेर २०५५ सालमा मनोक्रान्ति शुरू गरे। नारा थियो– ‘संसार बदल्नु छ, शुरू यहींबाट गर्नु छ।’ मान्छेलाई चाहिने ४ वटा क्षेत्र स्वास्थ्य, शिक्षा, सफलता र आध्यात्मिकता समेटेर तयार पारेको मनोक्रान्तिले गति लियो।

मान्छे अरूको दास बन्न थालेपछि बिग्रने बताउने विकासानन्द नेता पनि दास मनोवृत्तिका कारण बिग्रिएको बताउँछन्। ‘जब आफू सक्षम हुन्छ तब मान्छे अरूको दास बन्दैन। आफू सक्षम नहुने र भएको पनि चाल नपाउने नेताकै कारण साच्चै देश बिग्रिएको जस्तो लाग्यो’ –उनले भने।

अहिलेसम्म १ सय बढी किताब तयार भइसके मनोक्रान्ति गुरुका। त्यत्रा किताब लेख्न पढ्न पनि त प¥यो। त्यसैले उनले ५,७ हजारभन्दा बढी किताब अट्ने पुस्तकालय तयार गरेका रहेछन्। फुर्सद नभएको बेला ट्वाइलेटमासमेत पढ्ने गरेका उनी पढेका कुरा सम्झने रहेछन्। बिहान मेडिटेसन गर्ने विकासानन्द सपनालाई समेत आदेश दिँदा रहेछन्। मनोक्रान्तिको लोगो चाहियो भनेर सुत्ने बेलामा सपनालाई आदेश दिएको ३ दिनपछि उल्टो प्रश्न चि≈न भएको लोगो आएको उनले बताए।

मान्छेको शक्तिले प्रकृतिलाई पनि जित्छ। ९१ दिनसम्म खाना नखाई बस्ने आगोमाथि नाच्नेजस्ता अनौपचारिक कुरा सिकाउने मनोक्रान्ति म्याट्रिक्स सिकाएर सयौं चेला जन्माउने उही हुन् –गुरु विकासानन्द।
२०५७ सलमा विवाह भयो । रेकी मास्टर कमलेश्वरीसँग विवाह गरेका उनका छोरी निर्वाणा श्रेष्ठ र छोरा क्वान्टम छन्।

होचो कदका विकासानन्द दिनका दिन अग्लो बन्दै जाँदै छन्। किनकि उनले आफ्नो बारेमाभन्दा पनि अरूको बारेमा साेंचे। आफ्नो हेल्थ आफ्नो शिक्षा, सफलता र अध्यात्मिकतामा मात्र केन्द्रित नभई अरूको पनि हेरे।त्यही भएर दिनका दिन मान्छे बढेका छन् उनलाई पछ्याउने। भाषाशैली एकदमै मिलाएको र संसारभरका खोज अनुसन्धान ल्याएर टपक्क किताबमा राखिएकाले पनि होला उनका किताब पढ्दा बदाम छोडाएर खाएको जस्तै आनन्द आउँछ। हास्य उनको अर्काे विशेषता हो। आन्द्रा बाउँडिने गरी हाँस्ने र ≈युमन सेन्स बढी भएका पुस्तक छोड्न मन नै नलाग्ने खालका छन्।

धेरै कुरा छन् विकासानन्दसँग राष्ट्रले लिन सक्ने। व्यक्तिले लिन सक्ने। समस्यालाई जिरोले गुन्ने र सफलतालाई सयले गुन्ने उनी अनौठा गुरु हुन्। रानीबारीमा जानोस् सफलता दर्शन, माइन्ड टेक्नोलोजीको तालिम लिन सयांै मान्छे आइरहेका हुन्छन्। विकासानन्द २८ वर्षे तन्नेरीजस्तै बिहानदेखि बेलुकासम्म आफैंले निकालेको दर्शन मनोक्रान्तिमै मनोरञ्जन गरिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्