काठमाडौं । सरकारले यस बर्ष पनि ‘सर्वोकृष्ट कर्मचारी’ पाएन । लगातार दोस्रो वर्ष पनि ‘सर्वोकृष्ट कर्मचारी’ पाउन नसक्नु भनेकाे निक्कै लज्जकाे विषय हाे । देश नेता मात्रै नभएर कर्मचारीका कारण पनि अस्तव्यस्त बनेकाे यसबाटै प्रष्ट हुन्छ ।
सर्वोकृष्ट कर्मचारी पाउन नसकेपछि अब सरकारकाे आलोचना बढ्ने देखिन्छ । ८३ हजार निजामती कर्मचारीमध्ये एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला नपरेपछि सराेकारवाला सबै अचम्ममा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको थियो । त्यसयता सरकारले दुई वर्षदेखि सर्वोकृष्ट कर्मचारी पाउन नसकेको हो ।
बर्सेनि २२ भदौमा मनाउने निजामती सेवा दिवसमा प्रदान गरिने विभिन्न पुरस्कारमध्ये दुई लाख रुपैयाँको ‘सर्वोत्कृष्ट कर्मचारी पुरस्कार’ दुइबर्षदेखि कसैले पनि पाउन सकेका छैनन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोकृष्ट कर्मचारी पाउन नसकेपछि सिफारिस नै गर्न सकेन । मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वको पुरस्कार सिफारिस समितिले सर्वोत्कृष्ट कर्मचारी पुरस्कारका लागि छनोट नै गर्न सकेन् ।
सर्वोकृष्ट पुरस्कार पाउन नसकेपछि अाज मनाइने निजामती सेवा दिवसमा निजामती पुरस्कार सेवा पुरस्कार र निजामती सेवा पुरस्कार मात्र प्रदान गरिने कार्यक्रम रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन ।











प्रतिक्रिया