त्रिभुवन विश्वविद्यालयकाे उपकुलपति कार्यालयमा तोडफोड

0
Shares

काठमाडौं ।
शिक्षाशास्त्र संकायको परीक्षाको बिषयलाई लिएर त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकक्षमा तोडफोड गरेका छन । शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट भएको विषयमा छलफल गर्न भन्दै आज बिहान ११ बजे उपकुलपतिको कार्यकक्षमा पुगेका विद्यार्थीले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका हुन ।

विद्यार्थीले कार्यकक्षको टेबुल फर्निचर लगायतका फर्निचर तोडफोड गरेका छन् । शिक्षा शास्त्र संकायका डिन संग छलफल गरी समस्या समाधान गर्नुपर्नेमा एक्कासी मेरो कार्यकक्षमा आएर तोडफोड गरेको उपकुलपति प्रा. डा. खनियाले बताउनुभयो ।