प्रचण्ड दिल्ली जाँदै

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदैछन् ।

अध्यक्ष दाहाल दिउँसो तीन बजे नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम गरहेको छ । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुष्मा स्वराजसहितका नेतासँग भेटवार्ता गर्नेछन् ।

दाहालले भारत भ्रमण सकेर फर्केको केही दिनमै चीन जाने तयारी रहेका छन् । दाहाल दिल्लीमा एक हप्ता रहनेछन् ।

नेकपाका तल्ला निकायमा एकीकरणको प्रक्रियाले गति लिन नसकिरहेका बेला प्रचण्डको भारत भ्रमण हुन लागेको छ ।