काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीको संस्थापन पक्ष र पाैडेल पक्षबीच कार्यसम्पादन सहितका अन्य बिषयमा सहमति नहुँदा आजका लागि बोलाईएको बैठक भदौ २८ गतेका लागि सारिएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केही बिषयमा सहमति जुटाउनुपर्ने भन्दै हिजो एक विज्ञप्ति जारी गरी आजको बैठक सरेको जानकारी दिनुभएको थियो । पार्टीको कार्यसम्पादन सहमति, अनुशासन समितिसहित विभाग गठनका बिषयमा आज बस्ने बैठकलाई नेताहरुले महत्वका साथ लिएका थिए ।
यसअघि भदौ ९ गते बसेको पार्टीका बैठकमा कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्ने जनाईको थियो । तर, सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति नभएपछि सो बैठकले महासमिति भेलाको मिति र अन्य बिषयमा आज निर्णय गर्ने सहमति गरेको थियो ।
सभापति देउवाले बरिष्ठ नेता पौडेललाई कार्यसम्पादन समितिमा ४० प्रतिशत भाग दिने बताएपनि पौेडेलले नेता कृष्णप्रसाद सिटौलासहितलाई नसमेट्ने बताएपछि विवाद देखिएको हो ।











प्रतिक्रिया