कांग्रेसको केन्द्रीय समिति बैठक एक साता पछि सर्याे

0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय समितिको बैठक एक साता सारिएको छ ।

मुख्य सचिव कृष्ण पौडेलद्धारा विज्ञप्ति निकालि बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक आगामी २८ गते मात्रै बस्नेगरी सारिएको जानकारी आएको छ ।

समितिले बिभिन्न उपसमितिहरु गठन गरेर आफ्नो कार्य अगाडि बढाएतापनि पार्टीको विधान संशोधनका लागि गठित समितिलाई सुझाव दिन आयोजना गर्न लागिएको बैठक नेताहरुको व्यस्तताका कारण सरेको जनाइएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा संशोसन समिति गठन गरि पार्टीको विधानलाई संविधान अनुसार संघीय व्यवस्था अनुकुल परिमार्जन गरिएको छ ।