साउन महिनाको काठमाडौं पुलिस अवार्ड २०७५ प्रदान

0
Shares

काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा वंगलादेश वैकसंगको सम्झौतावाट स्थापना गरिएको हरेक महिना प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकसम्मका प्रतिस्पर्धावाट उत्कृष्ठ ठहरिएका अधिकृत तथा जवानहरुलाई प्रदान गरिने “काठमाडौं पुलिस अवार्ड २०७५’’ साउन महिनाको कार्य सम्पादनमा उत्कृष्ठ ठहरिएका १२ जना प्रहरी अधिकृत तथा जवानलाई प्रदान गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार आयोजित एक समारोहबीच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामा र वंगलादेश वैकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले सामुहिक रुपमा प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभयो ।
५० हजार रुपैयाँ राशीको संयुक्त रुपमा दिइने पुरस्कारद्वारा महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक टेकुनन्द इवालिम्बु र महानगरीय प्रहरी बृत्त लैनचौरका प्रहरी नायव उपरीक्षक गौतमकुमार के।सी।पुरस्कृत भएका छन् ।

यसैगरी ३५ हजार रुपैयाँको संयुक्त रुपमा पुरस्कृत हुने पुरस्कारद्वारा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक अनिलकुमार अधिकारी र महानगरीय प्रहरी बृत्त दरवारमार्गका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ तथा २५ हजार रुपैयाँको संयुक्त रुपमा पुरस्कृत हुने पुरस्कारद्वारा महानगरीय प्रहरी बृत्त लैनचौरका प्रहरी नायव निरीक्षक मिनबहादुर खड्का र महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रहरी नायव निरीक्षक पुर्णबहादुर कठायत पुरस्कृत भएका छन् ।

यस्तै २० हजार रुपैयाँको संयुक्त रुपमा पुरस्कृत हुने पुरस्कारद्वारा ईलाका प्रहरी कार्यालय फर्पिङ्गका प्रहरी सहायक निरीक्षक सुरेन्द्रबहादुर बसेल र महानगरीय प्रहरी बृत्त महाराजगंजका प्रहरी सहायक निरीक्षक विश्वभुषण खड्का पुरस्कृत भएका छन् भने १५ हजार रुपैयाँको संयुक्त रुपमा पुरस्कृत हुनेहरुमा महानगरीय प्रहरी बृत्त दरवारमार्गका प्रहरी हवल्दार किशोरकुमार गोले र प्रहरी प्रभाग साँखुका प्रहरी हवल्दार रुपबहादुर थापा पुरस्कृत भएका छन् ।
यसैगरी १० हजार रुपैयाँको संयुक्त रुपमा पुरस्कृत हुने पुरस्कार महानगरीय प्रहरी बृत्त बालाजुका प्रहरी जवान
कमलप्रसाद देवकोटा र महानगरीय प्रहरी प्रभाग थलीका प्रहरी जवान जिवन श्रेष्ठ रहेका छन् ।