विप्लवका प्रवक्तालाई भोजपुर अदालत पुर्याईयो

0
Shares

भोजपुर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्डलाई भोजपुर अदालत पुर्याईएको छ ।
नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार काठमाडौंबाट विराटनगरसम्म विमानबाट र त्यहाँबाट गाडीको बाटो हुँदै राति ११ बजे भोजपुर ल्याइएको हो ।
विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा अन्तरगत उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । अहिले प्रकाण्डको बयान जारी रहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । थुनछेक आदेशका लागि बुधबार बहस गरिएको छ ।

१० महिनाअघि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा हालका प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईलाई लक्षित गरी सकेट बम विष्फोट गरेको घटनामा संलग्न भएको आरोपमा प्रकाण्डलाई प्रहरीले पक्राउ गरेकने थियो ।

राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षति पुगेको थियो भने राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए ।