सडक बालबालिकाको रक्षाको लागि प्रशासनको चासो

0
Shares

अनिल खत्री, गुल्मी ।
परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि गुल्मीको प्रशासनले चासो देखाएको छ । जिल्लाको सदरमुकाम तम्घासको बसपार्कमा रहेका सडक बालवालिकाको रक्षाको लागि जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले चासो देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले तम्घासमा बेवारिसे अबस्थामा रहेका ९ जना बालवालिकालाई ३ दिन सम्म जिल्ला प्रहरी कार्यालय राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम गरेर अबिभावकलाई जिम्मा लगाएको छ । बालवालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ चासो देखाउँदै बालबालिका अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।


धेरै सार्बजनिक कार्यक्रमहरुमा तम्घासमा अभिभावकले बेवास्ताका कारण बालवालिका सडक छाप हुँने क्रममा बढ्दै गएको गुनासो आएपछी गएपछी त्यस तर्फ ध्यान दिइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बालवालिका र उनका अभिभावकसँगै राखेर परिवारजनलाई जिम्मा लगाएका छौं प्रजिअ पौडेलले भने, ‘पुन बालवालिका सडकमै भेटिए अभिभावकलाई कारवाही गर्नेछौं ।’
छोराछोरी जन्माई सकेपछी तिनीहरुलाई लालनपालन गर्नु अभिभावकको दायित्व हो उनले भने, ‘जन्माई सकेपछी बेवारिसे छोड्न पाइदैन् ।’ सडक बालवालिका अभिभावकलाई राखेर प्रजिअ पौडेलले भने,‘तपाईहरुको समस्या के हो ? त्यो हामीकहाँ राख्नुस तर बालवालिका सडक छाप राख्न पाउनुहुँने छैन् ।’


ज्याला मजदुरी गर्दै जाँदा कहिलेकाही बालवालिकालाई पढाउन समस्या आए हामीकहाँ राख्नुस हामी सरोकारवालासँग राखेर समस्या समधान गर्न तर्फ लाग्ने छौं गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘पशुको त बाच्न पाउने अधिकार छ मान्छेलाई पशु सरह छोडन पाउनुहुँने छैन् ।’
पहिलो चरणमा बालवालिका अभिभावकलाई सम्झाई बुझाई जिम्मा लगाएका छौं प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘बालवालिकाको आगामी अबस्था बारे प्रशासन र प्रहरीले निगरानि राखिरहने छ ।’ केहि वर्ष यता तम्घासमा सडक बालवालिकाहरु सडकमै मागेर खाने तथा जहा पायो तेहि बस्ने प्रति सरोकारवालाहरुले चासो देखाएका थिए ।

 


जिल्लाको सदरमुकाम तम्घासमा सडक बालवालिकाका अभिभावकहरु ज्याला मजदुरी गर्ने र बालवालिकाहरुलाई हेरचाह नगर्नाले दिनानुदिन बालवालिकाहरु सडक छाप हुने क्रम बढ्दै जान थालेको छ । बालवालिका अभिभावकहरु ज्याला मजदुरीका साथै मदिरा सेवन गर्ने र स्कुल पनि नपठाउने गर्नाले सडक बालवालिकाहरु छाडा बन्दै गएका थिए ।
उनिहरुले सदरमुकाम तम्घासका बिभिन्न पसलहरु र मानिसहरुसँग समेत पैसा माग्ने तथा चोर्ने गर्न थालेका थिए । बालवालिकालाई प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच उद्योग वाणिज्य संघ गुल्मीको सौजन्यमा केहि लत्ता–कपडा र खाद्यान्न सामाग्री सहित परिवारजनलाई जिम्मा लगाइएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।


उनले सडकमा बस्ने बालवालिकाको परिवारजनको सम्पूर्ण जानकारी राखेर परिवारलाई जिम्मा लगाइएको बताए । बालवालिकालाई बिद्यालय पढ्न जानको लागि पनि भर्ना गरिदिएर नियमित स्कुल जाने बातावरण तयार गर्ने गरि जिम्मा लगाएको उनले बताए ।
सडक बालवालिकालाई विद्यायल सम्म पुग्ने गराउनको लागि प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहित सरोकारवालाहरु मिलेर विद्यालयमा भर्ना गरिदिने समेत प्रहरी उपरिक्षक बस्नेतले बताए । सडक बालवालिकालाई विद्यायल सम्म पु¥याउनको लागि मानव अधिकारकर्मीहरुले पनि पहल थालेका थिए ।


केहि महिना अघि ति बालवालिकाहरुलाई विद्यालय सम्म पुग्ने गराउन भन्दै स्कुल ड्रेस तथा कापी कितावहरु सहित भर्ना गराए पनि त्यो प्रभावकारी नभएको मानव अधिकारकर्मी गणेश श्रेष्ठले बताए । बालवालिकाका अभिभावकले नै चासो नदिदा बालवालिकाहरु दिनानुदिन सडक छाप बन्ने क्रम वढेको मानवअधिकार कर्मी श्रेष्ठको भनाई छ ।