प्रकाण्ड अपडेटः नेकपाका प्रवक्तालाई विराटनगर पुर्याइयो

0
Shares

सरोेज यादव, विराटनगर ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई विराटनगर ल्याइएको छ । विराटनगर एयरपोर्टमा विशेष सुरक्षाका साथ नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित गराउन विराटनगर ल्याइएको हो । मोरङका प्रहरी प्रवक्ता डिएसपी निशानथापाको नेतृत्वमा गएको प्रहरी टोलीले पत्रकारलाई छल्दै एयरपोर्टको रनवेबाटै प्रहरी भ्यानमा हालेर लगेको हो ।

गत साउन २३ गते जबर्जस्ती चन्दा उठाएको आरोपमा पक्राउ परेका नेता प्रकाण्डलाई छाड्न सर्वोच्च अदालतले पटकपटक आदेश दिइसकेको छ । प्रहरीले भने विभिन्नखालका मुद्दा लगाउँदै अदालतबाट छुटे लगत्तै उनलाई गिरफ्तार गर्दै आएको छ । नेता प्रकाण्डलाई गतवर्षको प्रदेशसभा निर्वाचनका क्रममापूर्व संचार मन्त्री तथा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा अदालतमा उपस्थित गराउने तयारी भएको बुझिएको छ । विप्लव समूहका नेताहरू उमा भुजेल, मोहन कार्की, कृष्ण धमला, पदम राई, ओम प्रकाश पुन लगायतलाई प्रहरीले पक्राउगरि विभिन्न मुद्दा चलाउँदै आएको छ ।

सर्वोच्च अदालतले सोमबार विश्वकर्मालाई थुनामुक्तगर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन भएको ठहर गरेको छ । साथै उसले कानुन कार्यान्वयन गर्ने निकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार समेत व्यक्त गरेको छ ।