कञ्चनपुरमा फेरी जवरजस्तीकरणी उद्योगमा एक पक्राउ

0
Shares

हरकसिंह धामी, कञ्चनपुर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जवरजस्तीकरणी उद्योगमा एकलाई पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालीका वडा नं.१रडाहा नजिक रहेको शिव मन्दिरमा कृष्णजन्माष्टमीको अबसरमा भजनकृतन गर्न गएको अबस्थामा भाद्र १७ गते राती १२ बजेकोे समयमा वेदकोट नगरपालीका वडा नं. १ रडाहा बस्ने १८ वर्षिय बालिकालाई वेदकोट नगरपालीका वडा नं.१ रडाहा बस्ने २२ वर्षिय तारी भट्टले मन्दिर नजिकै पछाडि रहेको खोपकेन्द्र रहेको स्थानमा लगि जवरजस्तीकरण गर्न खोजेकोमा तत्काल अन्य ब्यक्तिहरुले देखे पछि भागेर फरार रहेका भट्टलाई १८ गते बेलुका ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रबत्ता कृष्ण राज ओझाले बताउनुभयो ।

आवश्यक कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।