मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मुलुक निर्माणको प्रकृया आरम्भ भएको बताएका छन् । ‘इमान्दारीता, योजना र पूँजी निर्माणले मात्रै मुलुक सम्वृद्ध हुनेछ’– मन्त्री बास्कोटाले भने ।
बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री बास्कोटाले राष्ट्र निर्माणमा सहकारीको योगदान र भूमिका अपरिहार्य र महत्वपूर्ण रहेको बताए । तीन खम्बे अर्थ नीतिमा जोडिएको सहकारी र बैदेशिक सहायतासमेतको सहयोगले मुलुकमा लगानीको वातावरण बनाउन खोजिएको बताउँदै मन्त्री बास्कोटाले सरकारले शुरु गरेका स्थिर र दिर्घकालिन योजनाहरुले सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माण हुने बताए ।
‘सहकारीहरुले घर जग्गा र सवारी साधनको खरिद विक्रीमा मात्रै ऋण लगानी गर्न हुँदैन’–मन्त्री बास्कोटाले भने–‘उत्पादन मुलक क्षेत्र, कृषि, उद्योग, पर्यटन तथा स्वास्थ्य र सामाजिक क्षेत्रमा लगानी गरिनु पर्छ, रोजगार र आर्थिक उत्पादनले मात्रै सम्वृद्धी सम्भव छ ।’ धुलिखेलसम्मको मेट्रो रेल, दुई देश जोड्ने भारत र चीन सरकारसँगको रेलको सम्झौता, जिल्लामै निर्माण हुन लागेको एयरपोर्ट, इन्द्रावती नदिको ड्याम कसेर विजुली र ताल निर्माण, बनेपा, पनौती र धुलिखेलको करिडोर निर्माण लगायतका महत्वपूर्ण योजनाले जिल्लाको विकास र आयआर्जनमा थप टेवा पुग्ने मन्त्री बास्कोटाले बताए ।
सरकारले लक्ष्य गरिवी निवारण, भ्रष्टाचारको अन्त्य र सदाचार निर्माणका लागि संकल्प लिएको बताउँदै मन्त्री बास्कोटाले सहकारीबाट समाजबादी आन्दोलनको शुरुवात भएको प्रस्ट पारे । सद्भाव र सहकार्य भत्कँदै गएको समाजमा सहकारीले सामुहिकता र समुदायलाई जोड्ने काम गरेको मन्त्री बास्कोटाले बताए । केहि सहकारीले सहकारीकै नाममा गरिरहेको विकृती रोक्न सबै लाग्नु पर्नेमा उनको जोड थियो । अध्यक्ष नवराज केसीले सहकारीले ४ हजार ५ सय शेयर सदस्यहरु आवद्ध गराई आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ८६ लाख ३ हजार ७ सय शेयर पुँजी, १४ करोड ७२ लाख १२ हजार निक्षेप संकलन गरी १४ करोड ६५ लाख रुपैया ऋण लगानी गर्न सफल भएको बताए ।
सचिव पवनराज कर्णजितले मनि ट्रान्सफर एवं विप्रेषण सेवा, रिजार्च एवं विल भुक्तानी सेवा, शेयर सदस्यहरुका लागि मृत्यु राहत कोष, स्वास्थ्य उपचार राहत कोष, सूचना प्रणालीको ब्यवस्थापन, बाल पैदल यात्रा, रक्तदान कार्यक्रम, संस्थाको स्थापना दिवसमा विविध कार्यक्रमको आयोजना, सहकारी अध्ययन अवलोकन भ्रमण, पिउने पानी वितरण, साईकल ¥याली, कौशि खेती तालिम लगायतका कार्यक्रमहरु गरिएको बताए । कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले ३० लाख रुपैया शेयर सदस्यहरुलाई सबै प्रकारको सेवा उपलब्ध गराएर मुनाफा भएको जानकारी गराए । लेखा तथा सुपरिवेक्षण समितिका सयोजक रमचन्द्र भोक्षिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता, शेयर सदस्यका उत्कृष्ट छोराछोरी, ऋणी, कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा, नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका उपाध्यक्ष तिर्थमाया प्रधान लगायतले सहकारीले समुदायमा पु¥याईएको योगदान र आगामी दिनमा गर्नु पर्ने कामका बारेमा सुझाव दिएका थिए ।











प्रतिक्रिया