धनवीर दाहाल, रुकुम । २०६७ साल यता हरेक बर्ष असोज महिनामा स्यार्पु पर्यटन मेला लाग्ने गर्दछ । रुकुमको पहिचानको रुपमा रहेको प्रसिद्ध स्र्यापुतालको सौन्दर्यताले यतिबेला निकै रौनक दिएको छ । रुकुम जिल्लालाई पर्यटकिय दृष्टीकोणले अग्रपंतिमा लिनको लागी यो स्यार्पुतालको उत्तिकै महत्व छ ।
बर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न तथा रमाउनका लागी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । स्थानीय सर्जन के.सीका अनुसार स्यार्पु तालमा यो समयमा हरेक दिन भिड लाग्ने गर्दछ । तालमा आधुनिक डुंगा संचालनमा ल्याईएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ ।

ल्याईफ ज्याकेट र हेल्मेटको व्यवस्था समेत गरिएको छ । बाँफिकोट गाँउपालिका वडा नं ३ र ५ को बिचमा रहेको यो तालको सुन्दरताबाट मनोरञ्जन लिनेहरुको हरेक दिन भिड लाग्ने गर्दछ । तालको चारैतर्फ मिलेर बनेका वस्तिहरु,नजिकै रहेको स्यानीदह,दादुरे ताल,सिमैछरी झरणा र स्यार्पुृृृृृ सम्म पुग्दा सोही बाटो भएर सुसाउदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई बढावा दिएको छ । तालको संरक्षणको लागी गर्नुपर्ने सबै किसिमका काम गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको वडा नं ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि स्र्यापु पर्यटन मेला संचालन गर्न सम्बन्धीत स्थानीय सरकारले पहल थालेको छ । पर्यटनका लागी गाँउपालिकाले पनि बिशेष पहल गरिरहेको गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।
मुसिकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्र्यापु पुग्ने एउटा बाटो छ भने मुसिकोटबाट सल्ले,कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ । सडक पुगेको भएपनि हिडेर जानु झनै राम्रो मानिन्छ । बर्षातको समयमा अर्थात भदौ महिनाको १५ देखी असोज महिना भरी सम्म स्यार्पु ताल अत्यन्तै लोभ लाग्दो हुन्छ । चारैतिर हरियाली गाँउ बिचमा सुन्दर तालमा डुंगा शयर गर्नुको मज्जा बेग्लै छ ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट देखी ४ घण्टाको पैदलदुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्र्यापु तालमा रमाउन पुग्ने पर्यटकका लागी होमस्टेइ पनि सञ्चालनमा छन् । बर्षातको समयमा झनै सुन्दर देखिने यो तालमा डुंगा शयर गर्न तथा रमाउनका लागी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन् । तर यतिबेला तालको वरपर सडक निमार्ण भएकोले माथिबाट पहिरो आएर ताल पुरिन्छ कि भन्ने त्रास स्थानियको छ ।
तालको चारैतिर सडक निमार्ण हुनु राम्रो भएपनि त्यसबाट हुने क्षतिलाई रोकथाम गर्नुपर्नेमा स्थानियको जोड छ । स्थानीय मनबहादुर ओलीले तालको संरक्षण आवश्यक भएको बताउनुभयो । ३ नं वडा अध्यक्ष के.सीले सर्वसाधारणको चिन्ता हुनु स्वभाबिक भएको बताउनुभयो । तर तालको संरक्षण, ताल वरपर बृक्षारोपन गरी हराभरा बनाउन आफुहरु जुटेको उहाँको भनाई छ ।
पर्यटकिय दृष्टीकोणले अग्रपंत्तिमा रहेको रुकुमलाई स्र्यापुको मनोरम दृश्यले झनै रमाइलो बनाएको छ । यो तालमा काठका परम्परागत डुंगा संचालनमा रहेका थिए तर यस पटक रवरको ढुंगा (¥याप्टिङ) संचालनमा ल्याईएको छ । ८ देखि १२ जना सम्मको क्षमता रहेको रबरको आधुनिक डुंगा संचालनमा ल्याईएपछि तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको हो ।
ल्याईफ ज्याकेट र हेल्मेटको व्यवस्था समेत गरिएको छ । डुंगा सञ्चालनमा आएपछि पर्यटकको संख्यामा बृद्धि भएको र अरु डुंगा थप्ने तयारीमा रहेको डुंगा ंसंचालक दरीभान पुरीले बताउनुभयो ।











प्रतिक्रिया