ट्राफिक प्रहरी र विभागबीच जुहारी

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नाकढुंगामा दैनिक घण्टौ जाम हुँदा यात्रुहरु हैरान भएका छन् । मालवहाक गाडी नाकढुंगाको उकालोमा ओभरलोडको कारण दैनिक रुपमा बिग्रदा जाम हुने गरेको हो ।

 

नाकढुंगाको उकालोमा दैनिक तीनदेखि दुई दर्जन मालबहाक सवारी साधन विग्रने गरेका छन् । गत विहिवार नागढुंगाको उकालोमा एकै दिन १४ वटा मालबहाक सवारी साधन विग्रियो । जसको कारण धादिङको नौवेसी र नागढुंगाबाट कंलकी सडक पूर्ण रुपमा ट्राफिक जाम हुन पुग्यो । प्रहरीलाई ट्राफिक व्यवस्थापन पूर्ववत अवस्थामा ल्याउन २४ घण्टा लागेको थियो ।

नागढुंगा हुँदै उपत्यका प्रवेश गर्ने वैकल्पिक सडक छैन् । सरकारले विग्रिएका सवारी साधनलाई समयमका नै व्यवस्थापन गर्न नसक्दा अत्याधिक रुपमा ट्राफिक जाम हुने गरेको छ । झ्याप्ले खोलादेखि नागढुंगा खण्डको उकालो सडकमा दैनिक मालवहाक सवारी साधन ओभरलोटकै कारण विग्रिने गरेको सडक विभागले बताएको छ । तर सडक विभागले विग्रिएका सवारी साधन तान्ने क्रेनको व्यवस्था नगर्दा दैनिक रुपमा यात्रुहरु घण्टौसम्म नागढुंगोका जाममा पर्ने गरेको गुनासो प्रहरीकोे छ ।

सडकको क्षमता भन्दा बढी ओभरलोड लिएर यस सडकमा मलवहाक सवारी साधनहरु आउने गरेका छन् । निर्माण सामाग्री, खाद्य सामाग्री, कच्चा पदार्थ, पशुपन्थी लिएर नागढुंगाबाट नाकाबाट मात्रै २५ सय मावलहाक सवारी साधन उपत्यका प्रवेश गर्छन ।

नागढुंगामा यात्रु हैरान, क्रेन नहुँदा घन्टौ जाम

नाकढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक केशव भट्टले अत्याधिक सवारी साधनको चाप रहेको नाकढंगा नाकामा विग्रिएको सवारी तान्ने क्रेन नहुँदा निकै ठूलो समस्या रहेको बताउनुभयो । ‘दैनिक रुपमा नागढुंगाको उकालोमा मालवहाक सवारी साधन ओभरलोडको कारण विग्रिन्छन, एउटा गाडी विग्रिदा लामो जाम हुने गरेको छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘बिग्रिएको सवारी तान्ने क्रेन तयारी अवस्थामा हुने हो भने दैनिक रुपमा हुने टा«फिक जाम न्युनिकरण गर्न सकिन्छ ।’

जिर्णे सडक, क्षमता भन्दा बढीको सवारी साधन, ओभरलोड लिएर आउने मालवहाक सवारी साधनको कारण नागढुंगामा ट्राफिक जाम हुनु सामान्यजस्तै भइसकेको छ । प्रहरीका अनुसार नागढुंगाबाट उपत्यका भित्र्ने र बाहिरिने सवारी साधनको सख्या २० हजारको संख्यामा छ । नागढुंगाको उकालोमा २२ चक्केसम्मका मलवहाक ट्रकहरु आउने गरेका छन् । भारतीय मालवहाक सवारी साधनले पनि क्षमता भन्दा बढी मालसामान लिएर आउने र नागढुंगाको उकालोमा बिग्रने गरेका छ । प्रहरी निरीक्षक भट्टका अनुसार दैनिक रुपमा ६ देखि १४ वटासम्म मालवहाक ट्रक विग्रिन्छन । नागढुंगा नाकाबाट दैनिक १५ सय यात्रुवहाक सार्वजनिक सवारी साधन आउने जाने गर्छन ।

घुम्ती, उकालो खाल्डाखुल्डी परेको सडकमा एउटा गाडी विग्रिदा क्रमशः अन्य सवारी साधन पनि पालैपालो बिग्रने गरेका छन् । हिउदको समयमा भन्दा पनि बर्षाको समयमा बढी मालवहाक सवारी साधन विग्रने गरेका छन् ।

सडक विभागले तीन बर्ष नागढुंगाबाट ल्याएको क्रेन नागढुंगामा पुनः उपलब्ध गराएको छैन् । सडक विभागले भने प्रहरीको माग अनुसार क्रेन उपलब्ध गराएको बताएको छ । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले प्रहरीले क्षमता भन्दा लोड लिएर सञ्चालन हुँदा पनि कारवाही नगरेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘सडकको निर्माण भएपछि त्यसको उचित संरक्षण गर्ने काम सबैको हो ।’ सडकको स्तरउन्नतीको लागि विभागले काम गरिरहेको बताउदै महानिर्देशक श्रेष्ठले प्रहरीले क्रेनको माग गरेर पठाएको अवस्थामा छलफल गर्न सकिने बताउनुभयो ।

नाकढुंगामा सवारी साधन विग्रिएदा अत्यावश्कीय सेवा एम्बुलेन्स समेत घन्टौ जाममा पर्ने गरेका छन् । दुवैतिर सवारी साधन जाम हुँदा एम्बुलेन्समा ल्याइने बिरामीलाई निकै सास्ती हुने गरेको छ । प्रहरीका अनुसार बिग्रिएका गाडी तान्नको लागि यन्त्रशालाबाट क्रेन ल्याउन महंगो र लामो समय लाग्दा धेरै जाम हुने बताएको छ ।

सडक विभागले नाकढुंगा नाकामा तयारी अवस्थामा राख्ने गरी क्रेन राख्नु पर्ने माग गरेको छ । नाकढुंगाको उकालोमा सामान सहित ३६ टनसम्मको सवारी साधन आउने गर्छन । प्रहरी निरीक्षक भट्टले भन्नुभयो,‘क्रेन भयो भने ट्राफिक जाम घटाउन सहज हुन्छ, बिग्रिएको सवारी साधन साइट लगाइदिने हो भने सहज रुपमा यातायात सञ्चालन गर्न सकिन्छ ।’ बिग्रिएको सवारी साधन तान्नको लागि क्रेनले प्रति घण्टा पाँच हजार रुपैयाँ लिने गरेको छ ।

जाम घटाउन सुरुङ मार्ग
उपत्यका भित्रने र बाहिरिने सार्वजनिक सवारी साधान लामो समयसम्म नागढुंगा थानकोट सडक खण्डमा जााममा पर्न समस्या हटाउन सरकारले नागढुंगामा सुरुङ निर्माणको काम अगाडि बढाएको छ । सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएर हाल नागढुंगाको सिस्नेखोलादेखि बस्नेतछापसम्मको साढे दुई किमी सुरुङ मार्ग निर्माणको लागि जग्गा अधिकरणको काम भइरहेको छ । करिब १७ अर्ब रुपैयाँमा उक्त सुरुङ निर्माण हुनेछ ।