कृष्णउदास खनाल, वीरगन्ज
२०७४ मंसिर २१ गतेको चुनाव हुनुभन्दा केही महिनाअघि मात्रै हरिनारायण रौनियार पप्पु कन्ट्रसनका ठेकेदार थिए । ठेकेदारबाट उनी एकैचोटी फोरममा प्रवेश गरे। न्ोपाली काँग्रेस समर्थित रहेका रौनियार फोरममा प्रवेश गरपछि कांग्रेसमा समस्या भयो । उनका दाजु रामेश्वर रौनियार अघिल्लो २०७० सालको चुनावमा कांग्रेसबाटै सांसद थिए ।
पप्पु कन्ट्रसनले जिम्मा लिएको अधिकांश स्थानका भौतिक संरचना खराब भएको रिपोर्ट आएपछि राजनीतिमा लागेपछि कालोसूचिमा पर्ने संभावना रहेको पप्पु कन्ट्रसनलाई जोगाउने उनको योजना सांसद भएपछि झनै सफल भएको छ ।
पर्साको क्षेत्र नम्बर ३ बाट उनी फोरमका तर्फबाट संसदमा निर्वाचित भए । त्यसपछि राजनीतिको आवरणमा पप्पु कन्ट्रसलाई जोगाउन सफल भएका ठेकदार सांसद रौनियारले चलाएको पप्पु कन्ट्रसनका बिरुद्ध देशभरबाट आवाज उठेको छ । पछिल्लो पटक पर्साको क्षेत्र नम्बर पूर्व सभासद् तथा नेकपाका नेता सत्यनारायण भगतले समयमै निर्माण कार्य नसक्ने पप्पु कन्ट्रसनका संचालक सासंद हरिनारायण रैनियार विरूद्द पक्राउ गरि कारवाही गर्न गृहमन्त्रालयमा किटानी जाहेरी दिएका छन् ।
गत शनिवार रौतहटको सदरमुकाम गौर नगरपालिका ४ मा रहेको टिकुलियास्थित लालबकैया नदीमा डुंगा डुब्दा ४ जनाको ज्यान गएको र एक जना बेपत्ता रहेका छन् । शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।
भगतले लेखेको जाहेरीमा पनि निर्माणकालागि आवश्यक समाग्री असरल्ल पारेर छाडेको र त्यसैमा ठोक्किएर डुङ्गा पलल्टिएको थियो । ठेकेदारको लापरवाहीको कारण नागरिकको ज्यान जाने अवस्था आएकोले उनलाई गिरफ्तार गरि कारवाही गर्न पूर्व सभासद भगतले माँग गरेका हुन् ।
पूर्व सांसद भगतले ठेकेदारको लापरवाहीको कारण मानवीय क्षती भएकोले आवशयक क्षतीपूतीृ समेत उनैबाट दिलाउन समेत माँग गरेका छन । पप्पु कन्स्ट्रक्शनले देश भरिमा धेरै जसो पूल निर्माणको ठेक्का सकार गरेको छ । तर निर्माण कार्य भने गुणस्तरीय पनि भएको छैन र सम्झौता अनुसार कामको प्रगती भएको पनि पाइदैन ।
पप्पु कन्स्ट्रक्सन ,पर्साको क्षेत्र नं ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हरि नारायण रौनीयारको हो । अहिले कम्पनीको काम भने उनका छोरा सुमीत रौनीयारले हेर्ने गरेका छन् । उनी सांसद भएपछि चौतर्फी बिरोध भएपछि छोरालाई कागजी रुपमा मात्रै उनले ब्यवसाय सुम्पिएका हुन् । पप्पुले हात हालेको पर्सा,बारा,रौतहट सहित देशभरका सबै योजनाहरु अलपत्र रहेका छन् ।











प्रतिक्रिया