राष्ट्रपतिद्धारा लुम्विनीको अवलोकन

0
Shares

यमलाल भुसाल, बुटवल । बिमस्टेकको चौथो सम्मेलनमा भाग काठमाडौ आउनु भएका श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शनिवार विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको भ्रमण गर्नु भएको छ् । उहाँलाई लुम्बिनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र प्रसाद अधिकारी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लगायत कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपतिले लुम्विनीमा पुजाआजा गर्नुका साथै मायादेवी मन्दिर, प्रमाणीक अभिलेख अशोक स्तम्भ, मायादेवीको गर्भशिला, नवजात शिशुबुद्धको पाईला, पुष्करणी पोखरी, प्राचीन भौतिक संरचनाका विभिन्न भग्नावशेषहरुलाई अभिरुचीपूर्वक अवलोकन गर्नु भएको थियो ।
यसैगरी राष्ट्रपतिले केन्द्रिय नहर, अखण्ड शान्ति दीपलगायत लुम्विनीमा रहेका प्राकृतिक सांस्कृतिक एवं ऐतिहासिक पुरातात्विक सम्पदाहरुको बारेमा विशेष जानकारी लिएको कोषका उपाध्यक्ष भिक्षु मैत्यले बताउनु भयो ।

उहाँको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, संशस्त्र प्रहरी र गुप्तचरको संयुक्त टोली परिचालित भएको थियो । जिल्ला सुरक्षा समिती र लुम्विनी विकास कोषको समन्वयमा राष्ट्रपतिलाई विशेष सम्मान र सुरक्षाका साथ लुम्विनीको भ्रमण गराएको संघिय प्रहरी इकाई कार्यालयका प्रमुख एसएसपी राजेन्द्र ढकालले बताउनु भयो ।

भ्रमणका साथसाथै राष्ट्रपतिलाई लुम्विनीमा हालसम्म भएका कामहरु र गुरुयोजनाको प्रगतीबारे समेत संक्षीप्त जानकारीदिने काम भएको कोषका सूचना अधिकृत राजन वस्नेतले जानकारी दिनु भयो ।

काठमाण्डौंदेखि बुद्ध एयरलायन्सको जहाज चार्टर गरी भैरहवा गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नु भएका उहाँ लगाएत अतिविसिष्टि पाहुनालार्र्ई नेपाली सेनाको हेलिकप्टरवाट लुम्विनी लगिएको थियोे । अन्य श्रीलंकाका पाहुनालार्ई सुरक्षाकर्मीको कडा पहरेदारी र स्कर्टीङ गरेर स्थलमार्गबाटै लुम्विनी लगिएको थियो ।

यसैगरी म्यानमारका राष्ट्रपति विन मिन्टलगायत २८ जना विशिष्ट पाउनाहरु पनि लुम्विनी भ्रमण गरी स्वदेश फर्केका छन् ।