सरिता चलाउने, सल्यान, ।गत मगंलबार घर भत्कीएर मृत्यु भएका सल्यान वागचौर नगरपालिका–४ सेतोगुराँसमा मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले राहत प्रदान गरेको छ ।
घर भत्किँदा पाँच जनाले ज्यान गुमाएका परिवारलाइ कर्णाली प्रदेश सरकारको तर्फबाट पीडितलाई १ लाख ५० हजार रकम प्रदान गरिएको हो ।
शुक्रबार राहत वितरण गरेको हो । कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका हुन । सेतोगुराँसमा गएको मंगलबार राती घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । दर्दनाक घटनाले आफुलाई मर्माहत बनाएको भन्दै टुहरा बालबालिकाको शिक्षादीक्षाको लागि प्रदेश सरकारमा सहयोगको लागि पहल गर्ने मन्त्री खत्रीले बताउनु भयो ।
साथमा राखेको रकम चाँडै खर्च हुन्छ, उहाँले भन्नु भयोे बैंकमा राख्दा भोलिसम्म पनि उनीहरूको जीवन निर्वाहमा सजिलो हुन्छ । उहाँले बैंक खाता खोलेर अन्य सहयोगी दाताहरूको तर्फबाट पनि पीडितलाई सहयोग गर्न अपिल गर्नुभयो ।
राहत वितरण समारोहमा घटनामा बाँच्न सफल १३ वर्षीया कमला विकले भनिन ‘हाम्रो तलको घर पहिरोले लग्यो अनि माथिको पुरानो घरमा बस्न आएको आमा, बुबा, बहिनी, भाइ सबै गुमायौँ ।’ आफूहरू अहिले पनि भत्किएको घरमा बस्दै आएको उनले बताइन ।
यस्तै पीडित परिवारलाई आर्थिक मामिला मन्त्री ज्वालाले व्यक्तिगत चार हजार र भौतिक पूर्वाधार मन्त्री खत्रीले ६ हजार गरी १० हजार थप रकम सहयोग गर्नुभएको छ । राहत वितरण सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाही, पत्रकार लगायतको सहभागिता बितरण गरिएको हो ।
कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा
यसैबीच जिल्लाको एक निजी विद्यालयले पीडित तिनै जना बालिकालाई कक्षा १० सम्म निःशुल्क पढाउने घोषणा गरेको छ । हामीले उनीहरूलाई निःशुल्क रूपमा पढाउने घोषणा गरेका छौँ एकेडेमीका सञ्चालक महेश देवकोटाले भने सबै पक्ष मिलेर यसका लागि वातावरण बनाइदिनुहोस् ।
बालिकाहरूको खानपान र सुरक्षित रूपमा बस्नका लागि कसैले पहल गरेमा आपूmहरूले निःशुल्क पढाउने उनले बताए । बाँच्न सफल तीन बालिकाहरू मध्ये १३ वर्षीया कमला ८ कक्षामा, १० वर्षीया पुतला ५ कक्षा र ९ वर्षीया सुनिता कक्षा ३ मा स्थानीय विद्यालयमा पढ्दै आएका छन् ।











प्रतिक्रिया