धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका एक दम्पतीको साँघुबाट खसेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ दुलिका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्ती बाँफिकोटको बडगाई खोलामा रहेको साँघु तर्दा साँघुबाट खसेर खोलामा बगेर मृत्यु भएको हो ।
खोलामा रहेको काठको साँघु तर्ने क्रममा साँघुबाट खसेर घर्ती दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँघु भन्दा करिब दुई सय मिटर तल अमृतको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव करिब डेढ सय मिटर तल शव फेला परेको थियो ।











प्रतिक्रिया