राहुल गान्धी पहिलोपटक पशुपतिमा

0
Shares

काठमाडाैं ।

भारतीय विपक्षी दलका नेता तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार बिहानै पशुपतिाथको दर्शन गर्न पुगेका छन् । शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान पशुपति पुगेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणकै क्रममा रहेका बेला गान्धी काठमाडौं आइपुगेका थिए । गान्धी शुक्रबार दिउँसो इन्डिगो एअरलाइन्सको नियमित उडानबाट २ बजे सुटुक्क काठमाडौंमा उत्रिएका थिए ।

तिब्बतको कैलाश मानसरोबरको यात्रामा जानका लागि काठमाडौं आएका गान्धी आजै तिब्बत जाने कार्यक्रम छ । गएराति गान्धी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका थिए ।

नेपाली सुरक्षा निकायहरूले शनिबार बिहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए । किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो ।

त्यसै अनुसार नेपालगञ्जमा पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो । तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे । र, ल्हासा हुँदै मानसरोवर जाने योजना बनाएको बुुझिएको छ ।