गणेश साम्पाङ, तिम्बुपोखरी, पाँचथर
नाक ठोकिने उकालोमा खरी जुका टिप्दै मकैको सातु खादै पहिलो पटक तिम्बुपोखरी पुगेका शंकर आङदेम्बले पोखरीको शुन्दरता देखे पछि फुरुगमात्र भएनन पोखरीको डिलमा बसेर यागा समेत गरे ।
पाँचथरको याङवरक २ र ताप्लेजुङको सिदिङमा गाउँपालिका वडा न १ को सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय र धार्मिक दुष्टिले महत्वपुर्ण मात्र होइन पुर्वको गोसाइकुण्डको रुपमा परिचित छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपुर्ण मानिएको तिम्बु पोखरीमा भाकल बुझाउन आउनेको भिड लाग्ने गरेको छ यतिबेला । आफुले १४ बर्ष अघि तिम्बु पोखरीमा छोरा मागेको पुरा भए पछि त्यही छोराका साथ तिम्बु पोखरीमा भाकल बुझाउन आएका पाँचथर याङवरक गाउँपालिका वडा न १ च्याङथापुका बुद्धिमान राई तिम्बु पोखरी साक्षत भगवान रहेको बताउँछन । तिम्बु पोखरीको डीलमा भेटिएका राईले आप्mनो ४ सन्तान जन्मन्दा पनि छोरीहरु मात्र भए पछि १४ बर्ष अघि त्यही पोखरीमा आएर छोरा मागेको र छोरा जन्मेको बताए । तिम्बु पोखरीमा छोरा मागेर जन्मेको छोरा लिएर म यहाँ भाकल बुझाउन आएको उनले बताए । यो पोखरी साक्षत भगवान हुन यहाँ चिताएको कुरा पुग्छ, छोरा माग्नेको छोरा भएको र छोरी माग्नेको छोरी भएको र त्यस्ता छोरा छोरी माग्नेको संख्या गाउँमा निकै रहेको राइ बताउँछन ।
तिम्बु पोखरीको नाम सुनेर तीन दिनको बाटो हिडेर तिम्बु पोखरी आइ पुगेकी ताप्लेजुङको सिदिङमा गाउँपालिका ६ मेहेले स्थित निलगिरी मावि कक्षा १२ का उषा राईलाई पनि तिम्बु पोखरी साच्चै शुन्दर र मनमोहक रहेको बताए । दुर्गम ठाउँमा रहेको भए पनि तिम्बु पोखरी साच्चै शुन्दर रहेको र पोखरीमा आएर तिम्बु पोखरी सित शैक्षिक सफल्ताका लागि आशिष मागेको बताइन ।
पहिलो पटक तिम्बु पोखरी आई पुगेका फाल्गुनन्द गाउँपालिका वडा न १ नवमीडाडा पाँचथरका शंकर आङदेम्बे तिम्बुपोखरीको शुन्दरताले मन लोभ्याए पछि पोखरीको डिलमा बसेर योगा समेत गरे । तिम्बु पोखरी नाम जस्तै शुन्दर रहेछ आउँदाको दुःख पोखरी वरिपरिको शुन्दरताले बिर्सैको उनी बताउँछन । तिम्बु पोखरी साच्चै नकुदिएको हिरा रहेछ । पोखरीको दर्शन गर्न आउँदाको दुःख परिपरि देखिएका डाडा काडा फुलहरुले बिर्सी दियो आङदेम्बे भन्छन ।
समुद्री सतह देखि चार हजार चार सय ८० मिटरको उचाइमा रहेको तिम्बु पोखरी पुर्वकै गोसाइकुण्डको रुपमा चिनिएको छ । तिम्बु पोखरी जानको लागि बाटो निमार्ण गर्नु पर्ने र ठाउ ठाउँमा पर्यटकहरुका लागि बस्ने ठाउँ बनाउन सके तिम्बु पोखरी आउने पर्यटक तथा धार्मिक भक्तजनहरुको संख्या बढ्ने साबिक काली खोला गाबिसका पुर्व उपाध्यक्ष फौदसिं बानिया बताउँछन ।
धार्मिक तथा जैबिक बिबिधताले महत्वपुर्ण मानिएको तिम्बु पोखरीको वरिपरि हाडी पोखरी राम लक्षुमण पोखरी, लक्ष्मीपोखरी मयुरपोखरी दुध पोखरी भए पनि सबै भन्दा प्रमुख चाहि तिम्बुपोखरी नै रहेको चौरी पालक हरि भण्डारी बताउँछन ।
तिम्बु पोखरी धार्मिक पर्यटकीय हिसाबले मात्र होइन अन्य हिसाबले समेत महत्वपुर्ण छ । याङवरक गाउँपालिका वडा न २ फलैचाका सञ्चारकर्मी समिर बेघा बताउँछन । तिम्बु पोखरी जडीबुटीहरुको भण्डारको रुपमा समेत रहेको छ,यहाँ माइकोपिला,शर्मागुरु, पाँचऔले,खोकिम कदमचाल(केन्जो) कुढकी बिखुब्मा जस्ता जडीबुटीहरुको भण्डारको रुपमा पनि रहेको हुनाले पनि तिम्बु पोखरी क्षेत्रको बिशेष महत्व रहेको बेघा बताउँछन ।
नेपाल भारतको सिमा क्षेत्रमा पर्ने यो पोखरीको भारतीय भूमिमा लक्ष्मीपोखरी,मयुरपोखरी,भूतपोखरी,निरपोखरी,दुधपोखरी रहेको भए पनि साक्षत भगवानको रुपमा भने नेपालको तिम्बुपोखरीलाई नै मान्ने गरेको दादोक बड्याखोप सिक्किमका दलबहादुर खड्का बताउँछन । तिम्बुपोखरी शक्तिशाली र साक्षत भगावान भएको हुनाले आफु चौथो पटक तिम्बु पोखरीको दर्शन गर्न आएको खड्का भन्छन ।
धार्मिक र पर्यटकीय दृष्टिले महत्वपरर्ण मानिएको तिम्बु पोखरीमा पुजा गर्न भाकल बुझाउन र यहाँको प्राकृतिक शुन्दरताको अवलोकन गर्दै पद यात्रा गर्न थुप्रै पर्यटक आउने भएतापनि यहाँ पर्यटकहरुका लागि बस्ने ठाउँ र किनेर खान पाउने ठाउँ नहुदा सास्ती ब्यहोर्नु परेको छ स्थानीय सरकारले यो क्षेत्रको बिकासका लागि बजेट बिनियोजन गरेर अझ पर्यटक तान्ने स्थान बनाउनु पर्ने तिम्बुपोखरी छेउमा रहेको थाङमा खोलाका चौंरी पालक मनकुमार गौतम बताउँछन ।
पुर्वको गोसाइकुण्डको उपमा पाएको पाँचथर ताप्लेजुङको सिमानामा रहेको तिम्बुपोखरीलाई धार्मिक तथा पर्यटकीय दृष्टिले सम्पन्न बनाउन याङवरक गाउँपालिकाले आब २०७४÷०७५ मा दुइ सय मिटर ढुंगा छापेर बाटो निमार्ण गरिएको र अबको आर्थिक बर्षमा पनि तिम्बुपोखरीको लागि बजेटको ब्यबस्था गर्न लागिएको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे बताउँछन । तिम्बुपोखरीलाई पुर्वको पर्यटकीय गन्तब्य बनाउन याङवरक गाउँपालिकाले ठोस योजना बनाएर अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले बताए ।
तिम्बु पोखरीमा दर्शन गर्न र पुजा अचर्ना गर्न नेपाल भारतबाट प्रशस्त मात्रामा धार्मिक भक्तजन तथा पर्यटकहरु आउने गर्छन भने तेस्रो मुलुकबाट नेपाल भारतको पर्यटकीय क्षेत्र सन्दकपुर अनि पाँचथरको फालौट चिवाभञ्ज्याङ तिम्बुपोखरी हुदै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजघांको बेश क्याम्प सम्म पद यात्रामा जाने पर्यटकले समेत तिम्बुपोखरीको दर्शन गर्ने हुनाले तिम्बु पोखरी आसपास क्षेत्रमा पर्यटकहरुका लागि आधारभुत समरचना तयार गर्न सके जिल्लाको आर्थिक बिकासमा महत्वपुर्ण टेवा पुग्ने देखिन्छ ।











प्रतिक्रिया