अस्थिर बन्दै नुवाकोट र रसुवाको प्रशासन

0
Shares

शालिकराम चालिसे, नुवाकोट,
स्थानीय प्रशासन ऐन २०२८ लागु भएपछि जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ) रहने व्यवस्था गरेपछि नुवाकोट र रसुवामा सरुवा भएका प्राय सिडिओले पुरा अवधी काम गर्न पाएनन् । पञ्चायत र वहुदलीय व्यवस्थामा पनि सिडिओलाई कार्यदक्षयताको आधारमा भन्दा पनि सरकार परिवर्तन संगसंगै सरुवा गर्ने संस्कार स्थापित भयो ।

नुवाकोटमा स्थानीय प्रशासन ऐन २०२८ लागु भएदेखि २०७५ सम्म ४७ बर्षमा ४१ प्रमुख जिल्ल अधिकारी फेरिए । रसुवामा २०३० देखि प्रमुख जिल्ला अधिकारी वस्न थालेको थियो । ४५ बर्षको अवधीमा रसुवामा ३८ सिडिओ फेरियो । निजामति ऐन र नियमावली अनुसार सामान्यतया दुई बर्ष कुनै पनि कर्मचारीलाई सरुवा गर्न पाईदैन । सरकार छिटोछिटो फेरवदल हुँदा त्यसको असर जिल्लामा रहने सिडिओमा पनि पर्याे । नुवाकोटमा ४७ वर्षको अवधीमा ४१ सिडिओ फेरिएका मध्ये लामो अवधी धनवहादुर वस्नेत २०४० चैत्रदेखि २०४५ वैशाखसम्म रहेका थिए । अरु ४० सिडिओ मा ३ महिनादेखी दुई बर्ष कटाएका कोही छैनन् ।

रसुवामा सिडिओ फेरिने क्रम नुवाकोटमा जस्तै रहेको छ । ४५ वर्षमा ३८ सिडिओ फेरिएको मध्ये रसुवामा रामेश्वर देवकोटा २०४१ वैशाख देखि २०४५ वैशाखसम्म सृव ागर्न पाएका थिए । उहाँ पछि प्राय सवै सिडिओले दुई बर्ष भन्दा वढी रहेनन् । बहुदलमा भन्दा पञ्चायतमा सिडिओ फेरवदल कम भएको छ । रसुवामा पञ्चायतको १६ वर्षमा १० जना सिडिओ भए भने ३० वर्षमा २७ सिडिओ फेरवदल भयो ।

 

नुवाकोटमा पञ्चायतको दवदवा रहेको वेला २०३० देखि २०४५ को अवधी १८ वर्षमा ९ जना सिडिओ फेरवदल भएको छ भने वहुदलीवय व्यवस्था शुरुदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा २९ वर्षमा ३२ सिडिओ फेरियो । विगतको पश्चिम १ नम्वर अन्तर्गत रहेको नुवाकोट र रसुवा स्थानीय प्रशासन ऐन लागु भएपछि रसुवा र नुवाकोटमा ७ वटा सिडिओले फरक फरक समयमा काम गर्ने मौका पाएका थिए ।

 

दुवै जिल्लामा काम गर्ने अवसर पाएका सिडिओमा धनबहादुर वस्नेत, देवनारायण यादव, वलराम शर्मा , कमलकान्त रेग्मी,श्री कृष्ण श्रेष्ठ, जीवनप्रसाद वली, उद्धव बहादुर थापा रहेका छन् । पञ्चायतमा भन्दा बहुदल स्थापना पछि राजनितिक अस्थिरता बढी देखियो । राजनितिक अस्थिरताको शिकार सिडिओ पुरा अवधी जिल्लामारहन पाएनन् । पुरा अवधी वस्न नपाउँदा जिल्लालाई बुझ्न नपाउने समस्या रहेको देखिन्छ । पहिला आउँदा नयाँ हुने जिल्लालाई वुझ्दै जाँदा सरुवा हुने संस्कारले सिडिओले पुर्ण क्षमतामा काम प्रर्दसन गर्न नसकेका हुन् । जसले गर्दा जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणको अनुगमन लगायत अन्य दैनिक सेवा प्रभावित हुँदै आएको छ ।