दरबन्दी विना २४ शिक्षक कार्यरत, अनियमिताको छानविन हुने

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले दरवन्दी विनाका २४ शिक्षकलाई नियुक्ति गरेको खुलासा भएको छ । तत्कालिन शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गले दरवन्दी विनाका शिक्षकहरु नियुक्ती गरी अनियमितता गरेको खुलासा भएको हो ।

शिक्षा विकास तथा समन्वय ईकाई मार्फत जिल्ला शिक्षा समितिले गठन गरेको कार्यदलले अनियमितताका बारेमा सार्वजनिक गरेको हो । ८१ जना शिक्षकको काज सरुवा खारेजसँगै कार्यदललले दिएको प्रतिबेदन कार्यान्वयन गर्न कार्यदलकै सदस्यले चुनौती दिएका छन् । दरवन्दी नै नभएका २२ शिक्षकलाई नियुक्ति गरी अनियमितता गरेको शिक्षा कार्यालय र तत्कालिन शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गका कर्तुतहरु लुकाउन नेपाली कांग्रेस निकट शिक्षकहरु ज्ञापनपत्र तथा माउ पार्टी नेपाली कांग्रेसको गुहारमा पुगेको छ ।

कार्यदलमा बस्ने, अनियमितताका बारेमा प्रतिवेदन तयार गर्ने, बैठकमा जाने सहभागिता जनाउने, भेलामा बस्ने उपस्थित भएर गलत कुराको विरोध गर्ने तर लाभलाई पचाउन ज्ञापनपत्र बुझाउन शिक्षकहरुको द्धैद्य चरित्र विरुद्ध स्थानीय सरकारहरु खनिएका छन् । नियम भन्दा बाहिर रहेका सबै शिक्षकहरुको दरवन्दी खारेज गर्ने र काज सरुवा फिर्ता गराउन सरकार प्रमुखहरु दृढ रहने निर्णय गरेका छन् । तलब खाएर गलत कामलाई संस्थागत गर्न आन्दोलन गर्ने शिक्षकहरुलाई कारवाही गर्ने सरकारका प्रतिनिधिहरुले बताएका छन् ।

‘काभ्रे जिल्लामा देखिएको शिक्षक व्यवस्थापनगत समस्या’ विषयक अध्ययन प्रतिवेदन शिक्षा समितिमा बुझाईएको छ । कार्यदलमा शाखा अधिकृत सुरेन्द्रप्रसाद भट्ट संयोजक रहेका छन् भने शिक्षक महासंघ अध्यक्ष आश्विन प्रसाद चौलागाईं, सामाजिक विकास अधिकृत सबिना शर्मा अधिकारी, विद्यालय निरीक्षक भोजकुमार ठकुरी सदस्य र प्राविधिक सहायक देवीप्रसाद दाहाल सदस्य सचिव रहेका थिए । उक्त कार्यदलले जिल्ला शिक्षा समिति काभ्रेको २०७५ असार ७ गते बसेको बैठकबाट जिल्लामा शिक्षक व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका लागि आवश्यक तथ्याङ्क सहितको प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी प्रदान गरिएको थियो । गठित कार्यदलले स्रोत व्यक्ति, विद्यालय निरीक्षक र स्रोत केन्द्र तथा कार्यालयमा भए सम्मका अभिलेखका आधारमा तथ्याङ्क सङ्कलन र विश्लेषण गरी प्रतिवेदन तयार गरेको थियो । सोहि क्रममा नयाँ अनुमति गएका विद्यालयहरु, २०७३ फागुन १८ भन्दा पछि काजमा खटिएका शिक्षकहरु, बिना दरबन्दी काजमा खटिएका शिक्षकहरु लगायत प्राप्त भएसम्मका सूचनाहरु संलग्न गरी प्रतिवेदन बुझाईएको थियो ।

छानविनका क्रममा नयाँ अनुमति गएका विद्यालयहरु प्रावि तर्फ महाँकाल निमावि ठूलोपर्शेल, हरिसिद्धि प्रावि गोकुले, राहत, भैरवेश्वर निमावि फोक्सिङटार, जनकल्याण प्रावि फोक्सिङटार, वनकाली प्रावि फोक्सिङटार, वालकल्याण प्रावि गोकुले, ग्रामोन्नती मावि बुढाखानी, भिमेश्वर मावि भिमखोरी (महाकाली प्रावि घ्याङडाडा भिमखोरी, महाभारत प्रावि शिखरआम्वोटे, सरस्वती प्रावि शिखरआम्वोटे, सिद्धार्थ प्रावि शिसाखानी, ठाकुरस्थान प्रावि सिपाली, चम्पादेवी प्रावि सिपाली, भुमेस्थान प्रावि खार्पाचेक, गडुलदेवी प्रा वि महाभारत, धनलक्ष्मी प्रा.वि.बेथान्चोक र पञ्चकन्या आ.वि. सस्र्युँखर्क भएको प्रतिवेदन बुझाएको थियो । त्यस्तै नि.मा.वि.तर्फका बढी दरबन्दी भएका विद्यालयहरुमा शंखेश्वर महालक्ष्मी मा.वि. थप १, महेन्द्र मा.वि. साँगा थप १, आजाद मावि. बनेपा १ थप, जनकल्याण माध्यमिक विद्यालय घर्तिछाप १ दरबन्दी रहेका छन् ।

त्यस्तै बिना दरबन्दीमा अनुमति दिइएका विद्यालयहरुमा महाँकाल मा.वि ठुलो पर्सेलबाट नि.मा.राहत कोटामा कार्यरत कुल बहादुर तामाङलाई दरबन्दीसहित जनचेतना मा.वि. सस्र्युखर्क तेमालमा सरुवा गरी महाकाल मा.वि.मा प्राथमिक तहको दरबन्दीमा शिक्षक नियुक्तिका लागि अनुमति दिई धनकुमारी राना मगरलाई नियुक्ति दिइएको र १ प्रा.वि.दरबन्दी बढेको छ । हरिसिद्धि प्रा.वि. गोकुलेबाट प्रा.शि.राहत दरबन्दीमा कार्यरत लक्ष्मी लामालाई दरबन्दी रिक्त नभएको शंखेश्वर महालक्ष्मी मा.वि. शंखु धुलिखेलमा सरुवा गरी हरिसिद्धि प्रा.वि.गोकुलेमा शिक्षक नियुक्ति गर्न अनुमति दिई १ प्रा.शि. दरबन्दी बढेको छ । बछलादेवी मा.वि.धुलिखेल काभ्रेबाट प्रा.शि. अनुदान कोटामा कार्यरत रञ्जिता न्यौपानेलाई दरबन्दी रिक्त नभएको जनज्योति मा.वि. जनागाल बनेपामा सरुवा गरी प्रा.शि. अनुदान दरबन्दी बढेको छ ।

 

भैरवेश्वर आ.वि. फोक्सिङ्टारमा दरबन्दी नभएको ठाउँमा प्रा.शि. दरबन्दीमा शिक्षक नियुक्तिका लागि अनुमति दिएको हुँदा १ प्रा.शि. दरबन्दी बढेको छ । जनकल्याण प्रा.वि. फोक्सिङ्टारबाट प्रा.शि.राहतमा कार्यरत झलमाया श्रेष्ठलाई रिक्त दरबन्दी नभएको भगवती प्रा.वि. खनालथोकमा सरुवा गरी जनकल्याण प्रा.वि. फोक्सिङटारमा प्रा.शि.राहत कोटामा शिक्षक नियुक्ति गर्न अनुमति दिई १ राहत दरबन्दी बढेको छ ।

शून्य दरबन्दी भएको वनकाली प्रा.वि. फोक्सिङ्टारमा एक प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई शिक्षक नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको छ ।

बालकल्याण प्रा.वि. गोकुलेमा रिक्त दरबन्दी नभएको स्थानमा शिक्षक नियुक्ति गर्न अनुमति दिई शिक्षक नियुक्ति भएको र १ दरबन्दी बढेको, ग्रामोन्नति मा.वि. बुढाखानमिा रिक्त दरबन्दी नभएको स्थानमा प्रा.शि. दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई शिक्षक नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, शून्य दरबन्दी भएको गढुलदेवी प्रा.वि. घर्तीछापमा १ प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई १ प्रा.शि. दरबन्दी बढेको, भीमेश्वर मा.वि. भीमखोरीमा रिक्त दरबन्दी नभएको स्थानमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा प्रदीप कुमार रायमाझी नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, महाकाली प्रावि.भीमखोरीमा रिक्त दरबन्दी नभएको स्थानमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा नरेश रायमाझी नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, नारायणस्थान मा.वि. गिम्दीबाट रिक्त दरबन्दी नभएको प्रभात मा.वि. सुमारा नाला बनेपामा प्रा.शि. राहत कोटामा कार्यरत निरमाया लामालाई सरुवा गरी एक मात्र राहत अनुदान दरबन्दी रहेको महाभारत प्रा.वि. शिखरआम्बोटेमा कार्यरत शिक्षक इन्द्रसिंह लामालाई नारायणस्थान आ.वि. गिम्दीमा सरुवा गरी महाभारत प्रा.वि. शिखरआम्बोटेमा दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिएको र १ प्रा.शि. दरबन्दी बढेको, सरस्वती प्रा.वि. शिखरआम्बोटेमा रिक्त दरबन्दी नभएको स्थानमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा श्यामसुन्दर कार्की नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, शून्य दरबन्दी भएको सिद्धार्थ प्रा.वि. सिसाखानीमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा भगवान प्रसाद हुमागाई नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको छ ।

त्यस्तै ठाकुरस्थान प्रा.वि. सिपालीमा दरबन्दी नभएको स्थानमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा चुम्बक तामाङ नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, चम्पादेवी प्रा.वि. सिपालीमा दरबन्दी नभएको स्थानमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा अस्मिता तामाङ नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, शून्य दरबन्दी भएको भुमेस्थान प्रा.वि.सिसाखानीमा प्रा.शि.दरबन्दीमा शिक्षक नियुक्ति गर्न अनुमति दिई प्रा.शि.दरबन्दीमा रामकुमार शाही नियुक्ति भएको र १ प्रा.शि. दरबन्दी बढेको, कालिका प्रा.वि. भञ्ज्याङखर्क बेथाञ्चोकमा दरबन्दी कायम भई लामो समयदेखि पद बहाली नभएका प्रा.शि.आत्माराम सत्याललाई रिक्त नभएको लड्केश्वर मा.वि. नेपानेमा काज सरुवा गरी एक प्रा.शि.दरबन्दी बढेको, धनलक्ष्मी प्रा.वि. बेथान्चोकबाट रिक्त नभएको करथरी मा.वि. धुलिखेलमा प्रा.शि. अनुदान कोटामा कार्यरत माया तामाङलाई सरुवा गरी धनलक्ष्मी प्रा.वि.मा प्रा.शि.दरबन्दीमा रोजिना तामाङ नियुक्ति भएको र १ प्रा.शि.दरबन्दी बढेको, पञ्चकन्या आ.वि.सस्र्युखर्क फारमा दरबन्दी नभएको ठाउँमा प्रा.शि. दरबन्दीमा शिक्षक नियुक्तिका लागि अनुमति दिएको र चित्र बहादुर वाइवा नियुक्त भई १ प्रा.शि. दरबन्दी बढेको छ ।

नि.मा.वि.तर्फ दरबन्दी नभएको शंखेश्वर महालक्ष्मी मा.वि. धुलिखेलमा गणेश मा.वि. भमरकोटबाट होमबहादुर दनुवार काज सरुवा भई पदस्थापन भएको, गणेश मा.वि. भमरकोटमा अरनिको मा.वि. चौरी देउरालीबाट राहत शिक्षक सम्झनाकुमारी रायमाझी काज सरुवा भई पदस्थापन भएको र अरनिको मा.वि.मा अनुमति गई १ नि.मा.वि. राहत दरबन्दी बढेको छ । श्रीराम मा.वि.कोशीदेखाबाट शोभा पाठकलाई दरबन्दी नभएको महेन्द्र मा.वि. साँगामा सरुवा गरिएको तथा शोभा पाठक (काभ्रे) र नीरा भट्टराइ (काठमाडौ) का बिच पारस्परिक जिल्लान्तर सरुवा गरी १ नि.मा.वि. दरबन्दी बढेको, दरबन्दी नभएको आजाद मा.वि. बनेपामा भूमीमाता मा.वि. बेथाञ्चोकबाट सीतामाया लामालाई काजमा सरुवा गरी पदस्थापन गरिएको र १ नि.मा.वि. दरबन्दी बढेको र जनकल्याण माध्यमिक विद्यालयमा निमा दरबन्दीमा शिक्षक नियुक्तिका लागि अनुमति दिइ १ दरबन्दी बढेको छ । गलत भएको प्रतिवेदन बुझाउने कार्यदलका सदस्य चौलागाई नै अहिले प्रतिवेदन कार्यान्वयन नगराउन आन्दोलनमा छन् ।