काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
दुई प्रधानमन्त्रीकै उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा समेत हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीको भारत भ्रमणकै बेला दुई देशबीच यससम्बन्धी सहमति भएको थियो ।
यही भ्रमणका क्रममा मोदीले भारतीय सहयोगमा पशुपति मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशाला समेत हस्तान्तरण पनि गर्नेछन् । यसअघि बल्क कार्गोसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने बताइए पनि तयारी पूरा नभएका कारण उक्त सम्झौता नहुने भएको छ । मोदी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया