काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) सुरू भएको छ।
सदस्य मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्षरसरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी हुनुहुन्छ।
रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ। सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उहाँहरूका श्रीमतीरश्रीमान्लाई बेग्लै टेबलको व्यवस्था गरिएको छ। आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्षरसरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ।
बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनीकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरेकी थिइन्। त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए।
रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री÷राज्यमन्त्री पनि सहभागी छन्। उनीहरूलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए। त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिलारविदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरे।
रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष÷सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको छ।
–रासस











प्रतिक्रिया