गिनिज वल्र्ड रेकर्डमा लेखियाे अनन्तराम केसीकाे नाम

0
Shares

काठमाडाैँ । नुवाकोटका अनन्तराम केसीले लगातार ९० घण्टा २ मिनेट भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन । यसअघि भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट लामो भाषणको अभिलेख रहेकामा उक्त रेकर्ड केसीले तोडेका हुन ।

काठमाडाैँको गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि भाषण सुरू गरेका केसीले बिहीबार राति ९ बजेसम्म लगातार ९० घण्टा भाषण गरेर विश्वकीर्तिमान कायम गरेको अभियानका सहयोगी साकुरा नेपाल कन्सलटेन्सीका प्रबन्धनिर्देशक अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लगेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेका थिए। त्यसबेला प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण नगरेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमान कायम गरेका हुन ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गरेका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान बनाएका हुन । आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि भएको केसीले बताएका छन ।