काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस (आई) का अध्यक्ष राहुल गान्धी नेपाल अाउने भएका छन । उनि नेपाल हुँदै कैलाश मानसरोवर भ्रमणमा जाने भएका हुन।
उनी शुक्रबार नेपालको राजधानी काठमाडौं हुँदै हिन्दूहरुको धार्मिक स्थल तिब्बतको मानसरोवरका जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी हुम्ला हुुँदै शनिबार मात्र मानसरोवर पुग्नेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला उनी नेपाल हुँदै मानसरोवर जान लागेका हुन्। मोदी बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि बिहीबार मात्र काठमाडौं आएका हुन्।
गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्।











प्रतिक्रिया