काठमाडाैं । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने दाेलखाका सन्जीव दाहाल पक्राउ परेका छन् । मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजातको प्रतिलिपि सहित सिमकार्ड झिक्दै गर्दा पक्राउ गरेको हो । दाहालले यस अगाडि पनि यस्तो काम गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया