काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको चौथो बिमस्टेक सम्मेलनमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले डिजिटल, व्यापार तथा यातायात कनेक्टीभीको प्रस्ताव अघि सारेका छन् ।
साथै मोदीले काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन सत्रमा सम्बोधन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव अघि सारेका छन् ।
सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिएका छन् । नेपालका प्रधानमन्त्री केपी ओलीले हिमाल महासागर जोड्न आह्वान गरेसँगै मोदीको समुन्द्री व्यापारको प्रस्तावको अघि सारेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारेका छन् ।











प्रतिक्रिया