बलात्कार घटनामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिनप्रतिद बलात्कारका घटना भइरहेको भन्दै प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालसँग छलफल गरेका छन् । आईजीपी खनाललाई बिहीबार गृहमन्त्रालयमा बोलाएर गृहमन्त्री थापाले महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन समेत दिएका छन् ।

बलात्कारको अनुसन्धानमा गम्भीर हुन निर्देशन दिंदै गृहमन्त्री थापालेकञ्चनपुरकाी निर्मला पन्तको मृत्युको घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

बलात्कार जस्तो जघन्य अपराधका घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै गृहमन्त्री थापाले कहीँकतै त्यस्तो भएको भए त्यस्ता घटनामा संलग्न प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन आईजीपी खनाललाई निर्देशन दिए ।

गृहमन्त्री थापाले बलात्कारका घटना न्युनीकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।