काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अन्तिम समयमा रोकिएको छ । शुक्रबार प्रचण्ड भारत जाने कार्यक्रम थियो ।
हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष निमन्त्रणा थियो । सोही कार्यक्रमको लागि प्रचण्ड शुक्रबार भारत जाने कार्यक्रम भएपनि काठमाडौँमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको हुँदा प्रचण्डले भारत जाने कार्यक्रम स्थगित गरेको बताइएको छ ।
तर, प्रचण्डको राजनीतिक भ्रमण कार्यक्रम भने कायमै रहेको छ । प्रचण्ड भदौ २२ देखि २७ सम्म भारतको राजनीतिक भ्रमणमा जाने कार्यक्रम छ । त्यसलगत्तै उनी साताव्यापी भ्रमणका लागि असोज १ गते चीन भ्रमणमा जानेछन् । पछिल्लो समय दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए ।











प्रतिक्रिया