‘शिक्षा र स्वास्थ्य व्यापार मुखी हुनुहुन्न’

0
Shares

काठमाडौ, (नेस)
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसी र डा. अभिषेक राज सिंहले बुधबार शिक्षा तथा स्वास्थ्य समिति, संघीय संसद, प्रतिनिधि सभासमक्ष कुनै पनि मुलुकमा शिक्षा र स्वास्थ्य नाफामूलक व्यापार नभई सेवामूलक क्षेत्र मानिने बताउनुभएको छ ।

डा.केसीसँग १५औं पटकको सत्याग्रह तोडने बेलामा चिकित्सा शिक्षा सुधारका लागि गरिएको सम्झौता अनुरुप रायसुझाव मागिएको हो । सोही अनुरुप डा.केसी र डा.सिंहले समिति समक्ष लिखित रुपमै राय पेश गर्नुभएको थियो ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि अभियान चलाउँदै आएकोमा सरकारले सुधारका अनेक बुँदामा सम्झौता गरेको भए पनि बारम्बार ती सम्झौताहरु उल्लंघन भएर १५ पल्टसम्म सत्याग्रह गर्नुपर्ने अवस्था आएको उल्लेख छ ।