नेपाल समाचारपत्र, बैतडी
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बिहीवार बाँध पुनः खोलिने भएको छ । बिहीवार बिहान ८ बजेदेखि शुक्रवार बिहान ८बजेसम्म बाँध खोलिने भएको हो । यसबर्षमात्रै धौलीगंगा जलविद्युत परियोजनाको बाँध पाचौं पटक खोलिन लागिएको छ ।
परियोजनाले बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गरेको जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । परियोजनाले बाँध खोलिने भनेर पुर्व जानकारी गराएको छ, प्रमुख जिल्ला अधिकारी आचार्यले भने– “ महाकाली तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन हामीले आग्रह गरेका छौं।’
दार्चुलाको दत्तुमा आज विहान ८ बजे गरेको मापन गरिएअनुसार महाकाली नदीको सतह ४.७० मिटर क्युसेक रहेको छ । ५.५ मिटर क्युसेक बढी पानीको सतह पुगेपछी खतरा मानिन्छ । बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
२८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा परियोजनाको बाधँ खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पुर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विस २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।











प्रतिक्रिया