नेपाल समाचारपत्र, बाजुरा
दिपायल सिलगडी नगरपालिका–४ तिखाका रेडियो बुढीनन्दा कोल्टी बाजुरामा कार्यरत पत्रकार तेजवहादुर खड्का बुढीनन्दा तिर्थ दर्शन गरी घर फर्कने क्रममा आईतवारदेखि वीच वाटोबाटै सम्पर्कविहीन भएक छन् । प्रत्यक्ष सम्पर्क र समन्वय गर्ने क्रममा पत्रकार खड्का बुडिनन्दा नगरापलिकाको सातपाखे भन्ने ठाउँबाट सम्पर्क विहिन भएको खुल्न आएको छ ।
भाद्र ९ गते बुडिनन्दा माताको दर्शन गरी घर फर्किने क्रममा सांझ करिब सांझ ६.३० बजेवाट सम्पर्क विहिन भएको तिर्थयात्री एवं प्रत्यक्षदर्शी गंगाप्रसाद उपाध्यायले वताउनुु भएको छ ।
‘साँझपख अँध्यारोमा जुत्ता लिन जान्छु भन्दै कुर्लेर उकालो लागे । तलवाट म कराउंदै थिएँ उनी उकालो दायाँबाटो सातपाखेतिर लागे । बाक्लो कुहिरो लागेको थियो । त्यता उल्टो नजानुस् तल झर्नुहोस् भन्दा मानेन् उनी एकोहोरो अगाडि बढे’ –उपाध्यायले भन्नुभयो ।
पत्रकार खड्का हराएपछि स्थानीय प्रशासनले कोल्टीस्थित प्रहरीसहित स्थानीयलाई आईतवार दिउसो वुडिनन्दातर्फ पठाएको थियो । टोलीले प्रतिकुल मौसमको कारण देखाउदै सोमवार वीचबाटोबाट फर्केको थियो । टोली फर्केपछि तत्काल प्रमुख जिल्ला अधिकारी चेतराज वरालको अध्यक्षतामा बैठक बसी नेपाली सेनाको आवश्यक सहयोग माग गर्ने निणर्य भएको छ ।
निर्णय पश्चात मंगलवार विहान कोल्टीस्थित नेपाली सेनाका अधिकृत र नेपाल प्रहरीका अधिकृतको टोली उद्धारका लागि बुडिनन्दा तर्फ गएको समरजित गुल्म थापाथली ब्यारेक मार्तडीका गुल्मपति प्रल्हाद घलेले जानकारी दिनुुभएको छ ।
साथै पत्रकार खड्काको खोजीकार्य तीव्र पार्न नेपालपत्रकार महांसघ बाजुरा शाखा, डोटी शाखा प्रदेश तह, नेपाल प्रेस युनियन बाजुरा डोटी र केन्द्रबाट पनि अपिल जारी गरिएको छ । खराब मौसमका कारण पत्रकार खड्काको खोजीकार्यमा ढिलाई भएको सरोकारवालाले वताएका छन् ।











प्रतिक्रिया