मदिराले महिला हिंसा बढ्यो, एक वर्षमा ९१ उजुरी

0
Shares

नेपाल समाचारपत्र, बझाङ
पच्छिल्लो समय जिल्लामा महिला हिंसाका विभिन्न खाले घटना बढ्दै गएका छन् । जिल्ला महिला अधिकार मञ्च र यूएनएफपीएले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष महिला हिंसा बढेको छ । जिल्लामा मदिरा बेच्ने र सेबन गर्ने कुनै मापदण्ड नहुँदा महिला हिंसा र घरेलु हिंसामा ग्रामीण भेगकी महिला पर्दै गएकी छन् ।

यस्तै घटनाको सिकार भएकी ३८ बर्षकी सुनिता भण्डारीको पाँच बर्ष अघि मदिरा सेवन गरेकै कारण श्रीमानको मृत्यु भयो । श्रीमान्को मृत्युपछि अहिले उनको परिवार बिचल्लीमा परेको छ । उनले भनिन्– ‘हामी पाँच जनाको परिवार, श्रीमान् मदिरा सेवन गरेर बितेपछि बिच्ल्लीमा प¥यौं । पछि अंशबन्डा माग्दा खेरी घर परिवारले दिन नमाने पनि आफू त परै जाओस् ३ छोरी र एक छोराले विद्यालय पढ्न समेत पाएनन् ।’

छोराछोरी पढाउन र एक छाक पेट पाल्नको लागी सदरमुखकाम चैनपुर आई नजिकैको बाउली खोलामा एक बर्षसम्म निरन्तर गिट्टी कुटेर गुजरा चलाएको उनको भनाइ छ । ‘महिला अधिकार मञ्चसम्म मेरो कुरा पुग्यो हिंसा पिडीत महिलाहरुका लागी आत्मनिरभर बनाउन तरकारी खेती र पसल ब्यवसाय गर्न युएनएफपिएको आर्थिक सहयोगमा महिला तथा बालबालिका कार्यालयले हिंसामा परेकी महिला भनी १० हजार दिएर फलफुलको ब्यापार गर्दै आएँ अहिले २ छोरी माईतीको घरमा छोडेकी छु’ –उनको भनाइ थियो ।

जिल्लामा महिला अधिकार मञ्च २०६९ सालमा स्थापना भई हिंसा पिडीत महिलाको बारेमा बोल्दै आएको महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीले बताईन् । उनले भनिन्– ‘जबसम्म जिल्लामा मदिरा बन्द हुँदैन तबसम्म महिला हिंसाका घटनाहरु पनि घटिरहन्छन् ।’ सबैभन्दा बढी पीडा ग्रामीण भेगमा बस्दै आएकी दिबहिनीहरुले खेप्दै आएका छन् ।

बिभिन्न खाले हिंसामा परेका बालकालिका, महिलाहरुको पक्षमा बोल्ने र सम्बन्धित निकायसम्म पिडीतको कुरा पु¥याउन सहयोग गर्नको लागी जिल्लामा महिला अधिकार मञ्च २०६९ साल जेष्ठ २ गते बिधिगत स्थापना गरी हिंसा खेपिरहेका ब्यक्तीहरुलाई सहयोग गदै आएको सेफहाउस वाडेन सिता सिंहले बताईन् ।

अन्य जिल्लाको अनुपात हेर्ने हो भने यस जिल्लाममा धेरै महिला हिंसाका घटनाहरु आईरहन्छन् । उनले पिडीत महिला र बालबालिकाको घाउमा मलम लगाउने बिभिन्न खाले कृयाकलापहरु गर्दै आई अहिले एक बर्षको अबधिमा ९१ जना हिसा पिडीत बालबालिका र महिलाहरुलाई जिबिको पार्जन गर्न सिपमुलक तालिम र आथिक सहयोग, भौतिक सहयोग गरी आत्मनिरभरमा सहयोग गरेको बताइन् ।