न्याम्सको उपकुलपतिमा २२ को निवेदन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल) मा उपकुलपतिको म्याद सकिएलगत्तै उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्य मन्त्री सहितको तीन सदस्यीय समित बनाई आह्वान गरिएको थियो । आइतबारसम्म २२ जनाको निवेदन परेको छ ।

निवेदन दिनेमा वीर अस्पतालमा कार्यरत तथा अवकास प्राप्त मात्र नभई अन्य अस्पतालबाट पनि परेका छन । निवेदन दिने अन्तिम म्याद आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न गठित स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक हुनुहुन्छ । उपकुलपतिका लागि निवेदन माग गरेकाले केही योग्य चिकित्सकले भने निवेदन नै नहालेको बुझिएको छ ।

यतिबेला निर्वतमा उपकुलपति डा.गणेश गुरुङ पदका लागि निकै आशावादी हुनुभएको स्रोतले जनाएको छ । तर उहाँको कार्यकालमा उपकरण खरिददेखि हरेक क्षेत्रमा शंका उत्पन्न भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतले पटकपटक फाइल मगाउने र छानविन गर्ने कार्य गर्नुले उहाँको कार्यप्रति सरकार त्यति सन्तुष्ट नभएको बुझिएको छ ।

निवेदन दिनेमा निर्वतमान तथा पूर्वपदाधिकारीका साथ पूर्वनिर्देशक डा. स्वयमप्रकाश पडित, पूर्वडीन डा.सीताराम चौधरी, पूर्वरेक्टर डा श्रीकृष्ण गिरी, पूर्वनिर्देशक डा. बुलन्द थापालगायत रहेका छन् ।
बक्समा

 

दरखास्त दिने उम्मेदवारको सूची

प्रा.डा. सीताराम चौधरी
प्रा.डा. गणेशबहादुर गुरुङ
प्रा.डा. स्वयंप्रकाश पण्डित
प्रा.डा. अनिलकुमार मिश्र
डा. पीयूष दाहाल
प्रा.डा. श्रीकृष्ण गिरी
प्रा.डा. बुलन्द थापा
प्रा.डा. गेहनाथ बराल
डा. रामपरीक्षण यादव
प्रा.डा. किरण मानन्धर
प्रा.डा. विधाननिधि पौडेल
प्रा.डा. रमिला श्रेष्ठ
प्रा.डा. विजयकुमार शर्मा
प्रा.डा. यहुनचन्द्र सिवाकोटी
डा. विश्वनाथ यादव
डा. देवनारायण शाह
प्रा.डा ढुण्डीराज पौडेल
प्रा. डा. अजित रायमाझी
प्रा.डा. जागेश्वर गौतम
प्रा.डा. रेवतीरमणजी मल्ल
डा. पुकारचन्द्र श्रेष्ठ
डा. भोलाराम श्रेष्ठ