काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका कार्यवाहक अध्यक्ष लोपेन छिरिङ वाङ्चुक काठमाडौं आइपुग्नुभएको छ ।
बुधबार बिहान काठमान्डौ आइपुग्नुभएका कार्यवाहक अध्यक्ष वाङ्चुकलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।
विमानस्थलबाट सीधै कार्यक्रम स्थल होटल सोल्टीमा पुग्नुभएका वाङ्चुकले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।











प्रतिक्रिया