नेपाल समाचारपत्र, काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारहरु माईलस्टोनका रुपमा रहेकाले केहिलाई सरकार भन्ने नै नपचेको बताएका छन् । नेपाल नगरपालिका सघको छैटौ राष्ट्रिय अधिबेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका ुहन् ।
देशभरका महानगरपालिका, उप महानगरपालिका, नगरपालिकाहरुको छाता संगठन संघको छैटौ अधिबेशन राजधानीको राष्ट्रिय सभा गृहमा मंगलबारबाट शुरु भएको हो । उक्त अधिबेशनको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका हुन् । सरकारले ६ महिनामा केहि महत्वपूर्ण कार्य गरेको बताउँदै ओलीले नगरउन्मुख ग्रामिण क्षेत्र समेटिएको नगरको पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री ओलीले आधाुनिक शहर निर्माण गर्ने असल चालकहरु स्थानीय सरकारका प्रमुखहरु भएकाले केन्द्र र प्रदेश सरकार स्थानीय सरकारका चालकहरुसँग सहकार्य र प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।
‘गाउँ गाउँमा सरकार भन्ने कसै कसैलाई मन परेको छैन, सरकार भनेको ठालु प्रवृत्तिको मानसिकतालाई मात्रै मान्नेहरुले स्थानीय सरकारलार्ई हेप्ने गरेका छन्’–प्रधानमन्त्री ओलीले भने–‘स्थानीय सरकारका उपप्रमुखहरुलाई न्यायीक समितिको समेत जिम्मेवारी छ, ठालुहरुले महिलाहरु पनि न्यायाधीश हुन सक्छन र ? भनेर हेप्ने गरेका छन् ।’ स्थानीय सरकारलाई जनसरकारका रुपमा विकास गरिनु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले सबै चिज नमिलेको हुन सक्ने स्पष्ट पारे । असोज ३ गते भित्र सबै कानुहरु निर्माण गरिसक्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रदेशका लागि नमुना कानुन बनाउने, शुसासन र विकासका लागि केन्द्रित हुँदै कर्मचारी समायोजन, नीति कार्यक्रम र बजेट तयार गरिरहँदा हौवा फैलाएको बताए ।
‘त्यान्द्रो समातेर राजनीति गर्ने क्रमलाई जति उचाले पनि केहि हुँदैन’–उत्पादन र उत्पादकत्व बढाउन, रोजगारका श्रेत्र बढाउने क्षेत्रमा लगानी गर्न आब्हान गर्दछु ।’ जनप्रतिनिधिको प्रोटोकल केहि दिनमै परिवर्तन हुने बताउँदै प्रधानमन्त्री ओलीले करको कुरा बुझाउन ढिला नगर्न अनुरोध गरे । स्थानीय सरकारले लगाएको करले केन्द्र सरकारको आलोचना भएको छ तर कर हल्ला भए जस्तो नबढेको प्रधानमन्त्रीले बताए । संघका संयोजक अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौड्यालले अधिकार सम्पन्न भएका स्थानीय सरकार निर्देशित नभई एक अर्काका परिपुरक भएको बताए । संविधान जारी पछि लामो समयसम्म कानुन नबनाउँदा प्रदेश सरकारले काम गर्न नसकेको मुख्य मन्त्री पौड्यालले भने । कर्मचारी अभाव भएको बताउँदै मुख्य मन्त्री पौड्यालले चक्र उल्टो घुमेकाले समस्या भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उप सभापति विमलेन्द्र निधिले करको दर नभई दायरा बढाउनु पर्ने बताए । राजपा नेपालका महामन्त्री जितेन्द्र सोनालले मधेश र पहाडमा विभेद भएको बताए । कार्यक्रममा काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष शान्ति सुन्दास, गाविस महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका कार्यकारी सचिव कलानिधी देवकोटा लगायतले २०५० सालमा स्थापना भएको संघले गरेका मुख्य मुख्य कामहरुका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा संघको देशभरका नगरपालिकाहरुको विवरण भएको एप्स प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका थिए ।
अधिबेशनको बन्द सत्रले प्रदेश अनुसारका विधान तयार गरी नयाँ नेतृत्व चयन गर्ने संयोजक ब्याञ्जुले जानकारी दिए । ब्याञ्जु २०५४ सालको स्थानीय निकायको निर्वाचनमा धुलिखेल नगरपालिकाको उपप्रमुख भई संघको उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्ष हुँदै ब्याञ्जु धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि संयोजक भएका हुन् । विश्वका विभिन्न देशहरुको भ्रमण गरी नेपालका नगरपालिकाहरुको विकास र सम्वृद्धीका लागि मुख्य भूमिका खेलेका ब्याञ्जु अध्यक्षको प्रतिस्पर्धी हुन् ।











प्रतिक्रिया