नेपाल समाचारपत्र, नुवाकोट
काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि सोमबार दिनभर अवरुद्ध भएको फोहोर विर्सजन सहमतिपछि सोमबारै रातीबाट पुनः शुचारु भएको छ ।
सोमबार बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै दिनभरी प्रर्दशन गर्नुको साथै सडक र फोहोर फाल्न अवरुद्ध गरेका थिए ।
मृतकको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि सडक र फोहोर फाल्न गरिएको अवरुद्ध हटेको हो । नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख, उपप्रमुख,काठमाण्डौ महानगरपालिका र पीडित पक्षबीच भएको छलफलपछि राती २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो ।
सहमति अनुसार फोहर फाल्ने ठेक्का पाएको कम्पनीले १५ लाख रुपैयाँ र कामपाले ५ लाख रुपैयाँ दिने क्षतिपूर्ति दिने सहमति भएको ककनि गाउँपालिकाका प्रमुख मानवहादुर लामाले बताए । तर पीडित पक्षले क्षतिपूर्तिस्वरुप ३० लाख रुपैयाँ र मृतकको परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए ।
कामपाले पीडित परिवारलाई सोमबार राती नै ५० हजार रुपैयाँ दिएको छ भने मंगलबार एक लाख गरि अन्य रकम ३५ दिनभित्र दिने सहमति भएको छ । साथै घटनामा संलग्न चालकको दुर्घटना भएको भन्दै कानून अनुसार हदैसम्मको कारवाहीका लागि पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका नुवाकोटका प्रमसख वसन्त कुवरले बताउनुभयो ।











प्रतिक्रिया