नेपाल समाचारपत्र, काठमाडौ,
भोलि भदौं १४ र १५ गते काठमाडौमा आयोजना हुने बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा दुई दिन उपत्यकाका शिक्षण संस्था बन्द हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालले सुचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
नेपाल सहित सात मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखको सहभागिता रहने सम्मेलनमा सहजता र सुरक्षाका लागि यस्तो निर्णय गरेको हो । संघिय मन्त्रालयले सुचना जारी गरेलगत्तै शिक्षा मन्त्रालयले सम्बन्धीत निकायमा पत्र पठाएको हो । अधिकांस शिक्षण संस्थाले आज बुधबारदेखि नै शिक्षण संस्था बन्द गर्ने भएका छन् ।
सरकारले आजबाट तीन दिनसम्म जोर र विजोर सवारी साधन संचालन गर्न पाइने जनाएपछि विद्यालयलाई समस्या पर्ने भन्दै आजैबाट विद्यालय बन्द गर्न लागेको हो । हिसानमा अध्यक्ष रमेश सिलवालले अधिकांस विद्यालय आज बुधबार बाटै बन्द हुने बताउनुभयो ।
उहाले भन्नुभयो–१४ र १५ गते दुई दिन त बन्द हुन्छ नै आज पनि जोर विजोर रुपमा सवारी साधन संचालन गर्ने भएपछि अधिकांस विद्यालय बन्द हुनेछन् ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले दुई दिन विद्यालय बन्द हुने जानकारी दिनुभयो । उहाले भन्नुभयो सरकारले बन्द गर्नु भनेपनि के गर्ने बन्द गर्नै प¥यो–उहाको भनाई थियो । सरकारले सबैभन्द धेरै विद्यालयका सवारी साधान संचालन हुने भएकोले सबै शिक्षण संस्थाका सवारी साधान संचालनमा रोक लगाउनै बन्द गर्ने निर्णय गरेको हो । उपत्यकामा करिब ३ हजार विद्यालयका सवारी साधन संचालन हुने गरेको छ ।











प्रतिक्रिया